Followers

Class 12 Social एकाइ ९ पाठ ५ Notes

Class 12 Social एकाइ ९ पाठ ५   Notes





१. तलका प्रश्नको उत्तर दिनुहोस् : 

(क) बसाइँसराइको अवधारणा स्पष्ट पार्नुहोस् र यसको वर्गीकरणलाई चार्टमा देखाउनुहोस् 

उत्तर: 

(अ) बसाइसराइको धार :- कुनै एक निश्चित समयबीचमा बसोबासका लागि एक क्षेत्रबाट हुने प्रवाहलाई बसाइसराइको धार भनिन्छ बसाइ सराइको धार उत्पत्ति स्थानबाट गन्तव्यतर्फको आउने साझा प्रवाहसँग सम्बन्धित छ कुनै समय पहाडबाट तराई क्षेत्रमा हुने बसाइसराइलाई नेपालको बसाइ सराइको धारको उदाहरण मान्न सकिन्छ गाउँबाट सहरतर्फ हुने बसाइसराइको धारको अर्को उदाहरण हो । 

(आ) बसाइसराइको अन्तराल :- बसाइसराइ निरन्तर हुने एक प्रक्रिया हो तर बसाइसराइ सम्बन्धी तथ्याङ्क लिनका लागि एक निश्चित समयको आवश्यकता पर्छ बसाइ सराइको गणनालाई निश्चित समय अन्तरालमा विभाजन गर्नुपर्छ । तसर्थ विशेष अवधिसँग सम्बन्धित बसाइसराइलाई बसाइ सराइको अन्तराल भनिन्छ । 

(इ) उत्पत्ति र गन्तव्यको स्थान :- बसाइ सर्ने व्यक्तिको उद्गमस्थल र गन्तव्यस्थल हुन्छ । बसाइ सर्नेको प्रवाह हुने स्रोतलाई उद्गमस्थल र बसाइ सर्नेको प्रवाह रोकिने ठाउँलाई गन्तव्यस्थल भनिन्छ उद्गमस्थल, वगन्तव्यस्थलबिचको दूरी, अवसर, यातायातको सुविधा र सामाजिक वातावरणले बसाइ सर्नेको सङ्ख्यालाई निर्धारण गर्दछ । 

बसाइसराइका प्रकार: 

- आन्तरिक र अन्तर्राष्ट्रिय 
- कानुनी र अवैध 
- ग्रामीण र सहरी
- अस्थायी र स्थायी 
- स्वेच्छिक र बाध्यात्मक 

(ख) आन्तरिक बसाइँसराइ भनेको के हो र यसको प्रमुख धारको सूची बनाउनुहोस् । 

उत्तरः देशको भौगोलिक सीमाभित्र हुने बसाइँसराइलाई आन्तरिक बसाइसराइ भनिन्छ व्यक्तिले आफ्नो बसोबासका लागि देशको भौगोलिक वा प्रादेशिक सिमाना परिवर्तन गर्ने प्रक्रियालाई आन्तरिक बसाइसराइ भनिन्छ । आन्तरिक बसाइसराइलाई प्रवाहको दिशा र धारका आधारमा निम्नानुसार वर्गीकरण गर्न सकिन्छ: 

गाउँबाट सहर 

सहरबाट सहर 

गाउँबाट गाउँ 

सहरबाट गाउँ 

(ग) बसाइँसराइका विशेषता उल्लेख गर्नुहोस् । 

उत्तरः बसाइसराइलाई जनसङ्ख्या र साधन स्रोतबिचको सम्बन्धका रूपमा लिइन्छ । साधन स्रोत कम भएका क्षेत्रबाट प्रशस्त स्रोत उपलब्ध भएका ठाउँको प्रयोगबाट बसाइ सराइले मद्दत गर्छ । बसाइसराइका महत्वपूर्ण विशेषताहरूलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ: 

- बसाइ सराइ उमेर, लिङ्ग, व्यवसाय आदिसँग सम्बन्धित हुन्छ । 
- विश्वव्यापी रूपमा ७४ प्रतिशत बसाइसने मानिसहरू २० देखि ६४ वर्ष उमेर समूहका रहेका छन् बसाइ सर्नेहरूमा पुरुषको बाहुल्यता रहेको छ ।
- बसाइँसराइलाई आर्थिक, सामाजिक र मनोवैज्ञानिक पक्षहरूले प्रभाव पार्छ । सामान्यतयाः युवाहरू बढी गतिशील हुन्छन् । उनीहरू रोजगारी र राम्रो शिक्षाको अवसरको खोजीमा बसाइ सर्ने गर्छन् । वैवाहिक सम्बन्धले महिलाहरूलाई बसाइसराइ गराएँछ । 
-बसाइसराइलाई सहर गाउँबिचको अपेक्षित ज्याला दरको भिन्नता र वैकल्पिक अवसरले प्रभाव पार्छ । यद्यपि आप्रवासीहरूको बसाइसराइको समान गन्तव्य र पेसा हुँदैन । 

(घ) विश्वव्यापी बसाइँसराइको प्रवृत्तिको विवेचना गर्नुहोस् । 

उत्तरः सामान्य अर्थमा विकास वा परिवर्तनको दिशालाई प्रवृत्ति भनिन्छ । बसाइसराइको प्रवृत्तिले अन्तर्राष्ट्रिय बसाइ सर्नेको उत्पत्तिस्थान, गन्तव्य स्थान र सङ्ख्यात्मक परिवर्तनको दिशालाई समय अनुसार उल्लेख गर्छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासी प्रतिवेदन (२०२०) का अनुसार विश्वमा आप्रवासीको सङ्ख्या २७२ मिलियन रहेको छ जबकि यो सङ्ख्या सन् २००० मा १७३ मिलियन थियो । यो तथ्याङ्कले अतर्राष्ट्रिय आप्रवासीहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको देखाउँछ । अहिले भूमण्डलीकरण र सूचना तथा सञ्चार प्रविधिमा आएको परिवर्तनले बसाइ सराइ तीव्र गतिमा भइरहेको छ । सूचना र सञ्चार प्रविधिको विस्तारले विश्वको खुम्चिदो दूरीका कारणले व्यक्तिको सूचना, वस्तुहरू र सेवामा पहुँच वृद्धि भइरहेको छ ।

एकाइ ९        

पाठ ५        


Typed

If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ९ पाठ ५  Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads