Followers

Class 12 Social एकाइ ९ पाठ ४ Notes

Class 12 Social एकाइ ९ पाठ ४   Notes



एकाइ ९        

पाठ ४        


१. तलका प्रश्नको उत्तर दिनुहोस् : 

(क) नेपालमा सहरीकरणले ल्याएका अवसरहरूलाई उल्लेख गर्नुहोस् । 

उत्तरः नेपालमा सहरीकरणले ल्याएका अवसरहरू निम्नानुसार छः 

- सहरीकरणले विविधता र विशिष्टतामा आधारित उत्पादन प्रक्रिया र सामाजिक आर्थिक परिवर्तनको वातावरण तयार गर्छ यसले उन्नत आर्थिक प्रणाली, सार्वजनिक सेवा र गैरनाफामूलक सेवाहरू (उच्च शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा आदि) को विस्तारमा सहकार्यको वातावरण सिर्जना गर्छ I 

- सहरीकरणले वस्तु उत्पादनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्पनीहरूसँगको आवद्ध हुने मौका दिन्छ । यो प्रक्रियाले गाएका नयाँ समूहहरूमा आवद्ध हुने, श्रम, प्रविधि र पुँजीको विकास गर्ने र स्थान विशेषता तुलनात्मक लाभका वस्तुहरूको उत्पादनमा लगार्ना गर्न प्रेरित गर्दछ । यसले गर्दा लगानीको क्षेत्र विस्तार हुन्छ । - आर्थिक भूमण्डलीकरण र डिजिटल टेक्नोलोजीलाई प्रयोग गरेर सहरहरूले फाइदा लिन सक्ने वातावरण तयार हुन्छ यो प्रविधिलाई आत्मसात् गर्न सक्षम सहरहरूले तीव्र गतिमा आर्थिक विकास गर्ने अवसर पाउँछन् । 

(ख) नेपालमा सहरीकरणका प्रमुख चुनौतीहरूको सूची तयार गर्नुहोस् । 

उत्तरः नेपालमा सहरीकरणका प्रमुख चुनौतिहरू निम्नानुसार छ:
- न्यून सेवा र सुविधा ट्राफिक व्यवस्थापन 
-अव्यवस्थित बसोबास
- खुला स्थानको अतिक्रमण 
- वातावरण प्रदूषण शान्ति सुरक्षा
-न्यून रोजगारी अवसर बराइसराइ 
- हरियाली पार्कको अभाव 

(ग) सन्तुलित सहरी वातावरण निर्माणमा हरियालीपार्कको
महत्वमाथि प्रकाश पार्नुहोस् । 

उत्तरः दिगो तथा संतुलित सहरी विकासका लागि हरियाली पार्कको आवश्यकता हुन्छ । साथै यसले वातावरणमा सन्तुलित तथा हराभरा तुल्याउँछ सहरमा हरियाली राखन निर्माण गरिएका हरित पार्कले सहरी वातावरणको पर्यावरणलाई अझ सुन्दर र आकर्षण तुल्याएँछ । यसैगरी सहरमा निर्माण हरित खुला स्थान, सहरी कृषि र वृक्षारोपण गरे पनि सन्तुलित सहरी वातावरण निर्माण हुन जान्छ ।

(घ) स्मार्ट सिटीको अवधारणा र महत्वको चर्चा गर्नुहोस् । 

उत्तर: नेपालको सन्दर्भमा पहिलोपटक नयाँ सहर र स्मार्ट सिटीको अवधारणा आर्थिक वर्ष २०६७/६८ बाट अघि सारिएको हो । सरकारले सस्तो लोकप्रियताका लागि नयाँ सहर र स्मार्ट सिटीको चाङको चुली बनाएको छ । सरकारले आर्थिक वर्ष २०६७/६८ मा सहर उन्मुख क्षेत्रमा आधुनिक र सुविधासम्पन्न सहर बनाउने भन्दै १२ वटा नयाँ सहर घोषणा गरेको थियो । नयाँ सहर घोषणा गरेको एक दशक भन्दा धेरै ।
समय बितिसक्यो तर एउटा पनि नयाँ सहर र स्मार्ट सिटीको निर्माण प्रक्रिया भने अघि बढ्न सकेको छैन । स्मार्ट सिटीको महत्व निम्न बुँदामा उल्लेख गर्न सकिन्छ :

-आफ्ना देशका नागरिकलाई विभिन्न सुविधा उपलब्ध गराइ नागरिकको एक सभ्य गुणात्मक जीवन प्रदान गर्न । 

- स्वच्छ वातावरणमैत्री एवम् दिगो विकास गर्न ।

- नागरिकको जीविको पार्जनलाई सुधार गर्न । 

- डिजिटल वा सूचना प्रविधिको प्रयोग गरी व्यवस्थित र औद्योगिक सहरको निर्माण गर्न ।


If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ९ पाठ ४  Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads