Followers

Class 12 Social एकाइ ११ पाठ ३ Notes

Class 12 Social एकाइ ११  पाठ ३   Notes




एकाइ ११          

पाठ ३        


अभ्यास

१. तलका प्रश्नहरूका उत्तर दिनुहोस्:

(क) सामाजिक विकास भन्नाले के बुझिन्छ ?

उत्तरः समाजका प्रत्येक व्यक्तिले आफ्नो क्षमताको उच्चतम तहसम्म पुग्न सक्ने गरी उनीहरूको सुविधामा सुधार गर्नु नै सामाजिक विकास हो । व्यक्तिले आत्मविश्वास र आत्मसम्मानका साथ आफ्नो सपना तर्फको यात्रा गर्नबाट रोक्ने सबै बाधाहरू हटाउनु पर्दछ । जस्तैः गरिबीमा बाँचिरहेका मानिसहरूलाई यसबाट मुक्त गरी समृद्धितर्फ लैजानु सामाजिक विकास हो। सामाजिक विकासले मानिसहरूलाई दुःख पीडा, असहजता, बाधा बन्धन, सीमितता, अन्याय, अज्ञानता, असक्षमता आदिबाट मुक्ति दिलाई सहज, सुखी र खुसी जीवन यापन गराउने लक्ष्य राख्दछ ।

(ख) शिक्षाले देशको अर्थतन्त्रलाई कसरी सबल बनाउँछ ?

उत्तरः शिक्षित व्यक्तिहरूले आफै रोजगारी सिर्जना गरी आफ्नो आर्थिक विकास गर्न सकछन् त्यस्तै यिनीहरू दक्ष जनशक्ति भएकाले स्वदेशी र वैदेशिक रोजगारी सहजै प्राप्त गर्न सकछन् । अदक्ष जनशक्ति भन्दा दक्ष जनशक्तिको आम्दानी बढी हुने भएकाले यिनीहरूले चाँडै आफ्नो शिक्षाले व्यक्ति व्यक्तिको विकासको समग्र रूप नै राष्ट्रिय विकास हो । शिक्षाले व्यक्तिहरूको क्षमता विकास गरी आर्थिक विकास समेत गर्ने भएकाले यसले राष्ट्रिय अर्थतन्त्रलाई सवल बनाउन सहयोग गर्दछ ।

(ग) शिक्षाले समाजिक विकासमा पुयाउन सक्ने कुनै पाँच योगदानहरूको सूची बनाउनुहोस्

उत्तरः मानव विकास गर्नका लागि सामाजिक विकास आवश्यक छ । शिक्षा र स्वास्थ्यलाई सामाजिक विकासका मुख्य तत्वहरू मानिन्छ । शिक्षाले मानिसहरूलाई ज्ञान, सिप र प्रविधि सिकाउनुका साथै उसको बानी व्यवहारमा पनि सुधार ल्याउन मद्दत गर्दछ । त्यसकारण सामाजिक विकासमा शिक्षाको भूमिका महत्त्वपूर्ण हुने कुरा सर्वमान्य
छ ।

शिक्षाले सामाजिक विकासमा निम्नानुसारका भूमिका खेल्दछ : 
सामाजिकीकरण मानिसलाई समाजको मूल्य मान्यता, नैतिकता, नीति नियम, परम्परा रीतिरिवाज, कला, साहित्य
जस्ता सामाजीकरणका प्रक्रिया सिकाउने एउटा महत्त्वपूर्ण माध्यम शिक्षा हो ।

क्षमता विकास शिक्षाले ज्ञान सीप र प्रविधि दिएर व्यक्तिलाई दक्ष जनशक्ति बनाउँछ यस्तै, आफूलाई आवश्यक परेको ज्ञान, सिप र प्रविधि प्राप्त गर्ने क्षमता समेत विकास गराउँछ ।. 

आर्थिक समृद्धि = शिक्षित व्यक्तिहरूले आफै रोजगारी सिर्जना गरी आफ्नो आर्थिक विकास गर्न सक्छन् त्यस्तै यिनीहरू दक्ष जनशक्ति भएकाले स्वदेशी वा वैदेशिक रोजगारी सहजै प्राप्त गर्न सक्छन् । अदक्ष जनशक्ति भन्दा दक्ष जनशक्तिको आम्दानी बढी हुने भएकाले यिनीहरूले चाँडै आफ्नो आर्थिक अवस्था सुधार गर्दछन् । यसरी
 क्षाले गरिबी निवारणमा सहयोग पुन्याउँछ ।

सबल अर्थतन्त्र = व्यक्ति व्यक्तिको विकासको समग्र रूप नै राष्ट्रिय विकास हो । शिक्षाले व्यक्तिहरूको क्षमता विकास गरी आर्थिक विकास समेत गर्ने भएकाले यसले राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन सहयोग गर्दछ ।

असल स्वास्थ्य = शिक्षित व्यक्तिहरू आफ्नो स्वास्थ्यप्रति सचेत हुन्छन् । उनीहरू काम, आराम र खाना बिचम
सन्तुलन गर्न सक्षम हुन्छन् । त्यस्तै उनीहरू स्वस्थ खाने कुराहरू उचित समय र मात्रामा खान जान्दछन् । उनीहरू बिस्कुट चाउचाउ जस्ता बजारमा पाइने अल्पपोषक खाने 
कुराहरूका सट्टा घरमै बनेका खानेकुरा खाने गर्दछन् ।

असमानता न्यूनीकरण शिक्षाले मानिसहरूमा सचेतना बढाउने भएकाले यसले समाजमा भएका आर्थिक, जातीय, लैगिक क्षेत्रीय आदि असमानताहरूलाई न्यूनीकरढा गर्न मद्दत गर्दछ त्यस्तै शिक्षाले समाजमा भएका विविधतालाई समस्या होइन अवसरका रूपमा ग्रहण गर्न सिकाउँछ ।

(घ) संस्कृतिको विकास र प्रवर्धनमा शिक्षाको कस्तो भूमिका हुन्छ ? व्याख्या गर्नुहोस् ।

उत्तरः संस्कृतिको विकास र पूवर्धनमा शिक्षाको निम्न भूमिका रहन्छ 

संस्कृतिको संरक्षण 

औपचारिक तथा अनौपचारिक शिक्षाले समाजमा भएका  परम्परा, रीतिरिवाज, मुख्य मान्यता, कला, नैतिकता आदिलाई सिकारुको मस्तिष्कमा राखिदिने कार्य गर्दछ । यसरी शिक्षाले संस्कृति र सामाजिक सम्पदाको संरक्षण गर्न मद्धत गर्दछ ।

संस्कृतिको प्रसारण

हामी संस्कृति विनाको समाज हामी कल्पना पनि गर्न सक्दैनौ, एक पुस्ताबाट अर्को पुस्तामा संस्कृतिको हस्तान्तरण गर्ने कार्य शिक्षाबाट मात्र सम्भव हुन्छ । यसरी संस्कृतिको हस्तान्तरण गर्ने कार्य शिक्षाले पुरा गर्छ ।

संस्कृतिको प्रवर्धन 
शिक्षाले संस्कृतिको संरक्षण र प्रसारण गर्नुका साथै परिवर्तित परिस्थिति अनुसार संस्कृतिमा परिवर्तन र सुधार पनि ल्याउछ । पुराना असान्दर्भिक सांस्कृतिक मुल्य मान्यताहरूलाई विस्तापित गर्ने वा सुधार गर्ने कार्य शिक्षाले नै गर्दछ

परिवर्तित संस्कृतिमा समायोजन

 समाज परिवर्तनशील भएकाले समाजको संस्कृति पनि परिवर्तन भइरहन्छ तर सामान्यतया मानिसहरू परिवर्तनलाई आत्मसाथ गर्न तयार हुँदैनन् । शिक्षाले मानिसलाई यस्ता सांस्कृतिक परवर्तनलाई आत्मसात् गरी आफूलाई समायोजन गर्न सिकाउँछ । यातायात तथा सञ्चारको विकासले गर्दा अहिले विश्व एउटा

सांस्कृतिक अन्तरघुलन

सानो गाउँ बनेको छ विश्वको एक कुनामा भएको संस्कृति अर्को कुनासम्म विस्तार भइरहेको छ । त्यस्तै एउटै स्थानमा पनि विभिन्न संस्कृतिहरू प्रचलनमा रहेका हुन्छन् । शिक्षाले यस्ता विभिन्न संस्कृतिहरू विज अन्तरघुलन गराउन सहयोग गराउँछ ।

(ङ) सांस्कृतिक पछौटेपन हटाउन शिक्षाको भूमिका महत्वपूर्ण हुन्छ यस भनाइलाई आफ्नो तर्कसहित पुष्टि गर्नुहोस् ।

उत्तर: विज्ञान तथा प्रविधिको विकासले मानिसहरूको भौतिक संस्कृतिको छिट्टै विकास हुन्छ । यसले गर्दा मानिसहरूले आधुनिक जीवनयापन गर्न थाल्छन् अनि गैरभौतिक संस्कृतिलाई उपेक्षा गर्दछन् । यस अवस्थालाई नै सांस्कृतिक पछौटेपन भनिएको हो। यसलाई हटाउनका लागि पाठ्यक्रम तथा पाठ्यपुस्तकमा सांस्कृतिक कुराहरू समावेश गरिन्छ । यसरी शिक्षाले सांस्कृतिक पछौटेपन हटाउन प्रमुख भूमिका खेल्छ ।


If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ११    पाठ ३  Notes

Post a Comment

1 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
  1. aafno tarka sahit pusti garnushos bhani rw ko same book jastai xa

    ReplyDelete

ads