Followers

Class 12 Social एकाइ ६ पाठ ६ Notes

      

Class 12 Social एकाइ ६ पाठ ६   Notes




एकाइ ६     

पाठ ६   


१. तलका प्रश्नको उत्तर दिनुहोस् :

(क) नेपाल एकीकरण अभियान पृथ्वी नारायण शाहबाट भएपनि यसलाई टुङ्गोमा पुयाउन धेरै व्यक्तिहरूको योगदान रहेको छ । एकीकरण अभियानमा योगदान पुयाउने व्यक्तिहरूको खोजी गरी सूची तयार पार्नुहोस् ।

उत्तरः नेपाल एकीकरण अभियान पृथ्वीनारायण शाहबाट सुरु भएपनि यसलाई टुङ्गोमा पुऱ्याउनेहरूमा

राजेन्द्र लक्ष्मी :- वि.सं. १८३४ मा राजा प्रतापसिंह शाहको निधन भएपनि उनका छोरा नाबालक रणबहादुर शाह
नेपालका राजा बने । राजेन्द्रलक्ष्मीले राजा रणबहादुर। शाहको नायवीको रूपमा शासन गरिन् । उनको शासकालमा लमजुङ, तनहुँ, कास्की लगायतका राज्यहरू नेपालमा गाभिए ।


बहादुर शाह :- बहादुर शाह पृथ्वीनारायण शाहका कान्छा छोरा तथा प्रतापसिंह शाहका भाइ थिए । उनले
राजेन्द्रलक्ष्मीको मृत्युपश्चात् राजा रणबहादुर शाहका नायबको रूपमा शासनसत्ता सञ्चालन गरेका थिए । उनकै नायबी कालमा काजी दामोदर पाँडे र अमरसिह थापा (राना) को नेतृत्वमा नेपाली फौजले १८४३ जेठ १०
गते गुल्मी विजय गयो । १८४३ भदौ २६ गते चन्द्रकोट र खाँचीलाई नेपालमा एकीकरण गयो । त्यसलगत्तै घुरकोट, इस्मा, पर्वत, प्युठान, दाङ र रोल्पाको पनि एकीकरण भयो । नेपालको सिमाना भेरी नदीको आपसासम्म विस्तार गरेको नेपाली सेनाले वि.सं. १९४६ मा जुम्ला, बझाङ र डोटीलाई पनि नेपालमा गाभ्न सफल भयो । नेपाली फौजले वि.सं. १८४७ चैत ११ गते कुमाउँको राजधानी अल्मोडा कब्जा गरी गढवालतर्फ अघि बढ्यो । छोटो समयमा नै गढ़वालको राजधानी श्रीनगर नेपालको नियन्त्रणमा आयो ।

भीमसेन थापा :- राजा रणबहादुर शाहले भीमसेन थापालाई मुख्तियार (प्रधानमन्त्री) बनाए । भीमसेन थापा नेपाललाई बलियो र समृद्धशाली देश बनाउन चाहन्थे उनले नेपालको सिमाना सतलजसम्म विस्तार गरेका थिए ।
बहादुर शाहको समयमा चौविसी राज्यहरू एकीकरण गर्ने क्रममा छुटेका पाल्पा र सल्यानलाई पनि भीमसेन थापाले नेपालमा गाम्भ सफल भए ।

ख) नेपाल एकीकरण नभएको भए के हुन्थ्यो होला ? कल्पना गरी आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।

उत्तर : हजारौं वर्षसम्म लामो इतिहास बोक्न सफल भएको देशमध्ये नेपाल पनि एक हो । हाम्रो देश नेपाल कहिल्यै
पनि कुनै विदेशी शासकको अधीनमा बस्नु परेन । हाम्रा पुर्खाहरुको योगदानले आजपनि हाम्रो नेपाल कसैसामु
झुक्न परेको छैन । हामी सबै नेपाली आफ्नो शिर उच्च बनाएर हिड्न सकिरहेका छौँ । यदि नेपाल एकीकरण नभएको भए आज हामी जसरी नेपाली भएको गर्व गर्छौं त्यो सायद सबै नेपालीमा हुने थिएन । न बाइसे न चौबिसे,
कुनै पनि राज्य बाकी रहने थिएन किनकी उपत्यकामा इसाई पादरीहरु छिरिसकेका थिए, नेपाल बृटिश साम्राज्यको आँखा परिसकेका थिए । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरी यसको अखण्डतालाई कायम नराखेको भए विशाल भारतलाई निल्न सक्ने अङ्ग्रेजले पाललाई बाकी राख्ने थिएन र आज स्वतन्त्र देश नेपालका
स्वतन्त्र नेपाली जनता भन्न पाउने थिएनौँ ।

 त्यसैलै आज हाम्रा पुर्खाहरुले गर्दा हामी स्वतन्त्र भएर खुशीसाथ जिउन पाएका छौँ र नेपाली हुँ भनेर गर्व गर्न पाएका छौँ ।

(ग) नेपाल एकीकरणमा बहादुर शाह र राजेन्द्रलक्ष्मीको योगदानको चर्चा गर्नुहोस् ।

उत्तरः

राजेन्द्र लक्ष्मी:
वि.सं. १८३४ मा राजा प्रतापसिंह शाहको निधन भएपनि उनका छोरा नाबालक रणबहादुर शाह नेपालका राजा बने
। राजेन्द्रलक्ष्मीले राजा रणबहादुर शाहको नायवीको रूपमा शासन गरिन् । उनले आफ्ना ससुरा पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणको अभियानलाई निरन्तरता दिइन् । उनको र्काकुशलता, अदम्य साहस र कुटनीतिक चातुर्यले नेपाललार्य चौविकसी राज्यबाट सुरक्षित मात्रै राखिनन् उनको शासकालमा लमजुङ, तनहुँ, कास्की लगायतका राज्यहरू नेपालमा गाभिए ।

बहादुर शाह :
बहादुर शाह पृथ्वीनारायण शाहका कान्छा छोरा तथा प्रतापसिंह शाहका भाइ थिए । उनले राजेन्द्रलक्ष्मीको मृत्युपश्चात् राजा रणबहादुर शाहका नायवको रूपमा शासनसत्ता सञ्चालन गरेका थिए । उनकै नायवी कालमा काजी दामोदर पाँडे र अमरसिह थापा (राना) को नेतृत्वमा नेपाली फौजले १८४३ जेठ १० गते गुल्मी विजय गो । १८४३ भदौ २६ गते चन्द्रकोट र खाँचीलाई नेपालमा एकीकरण गयो । त्यसलगत्तै घुरकोट, इस्मा, पर्वत, प्युठान, दाङ र रोल्पाको पनि एकीकरण भयो । नेपालको सिमाना भेरी नदीको आपसासम्म विस्तार गरेको नेपाली सेनाले
वि.सं. १९४६ मा जुम्ला, बझाङ र डोटीलाई पनि नेपालमा गाभ्न सफल भयो नेपाली फौजले वि.स. १८४७ चैत ११
गते कुमाउँको राजधानी अल्मोडा कब्जा गरी गढ़वालतर्फ अघि बढ्यो । छोटो समयमा नै गढ़वालको राजधानी
श्रीनगर नेपालको नियन्त्रणमा आयो । बहादुर शाहको नायबीमा नेपाल एकीकरण द्रुत गतिमा अगाडि बढिरहेकै समयमा नेपाल र चीन बीच युद्ध भयो । एकीकरण अभियानमा केही समयका लागि पुर्णविराम लाग्यो । राजा रणबहादुर शाह र उनका काका बहादुर शाह बीच मनमुटाव बदै जाँदा रणबहादुर शाहले बहादुर शाहलाई जेल हाले ।


If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ६ पाठ ६  Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads