Followers

Class 12 Social एकाइ १० पाठ ६ Notes

Class 12 Social एकाइ १० पाठ ६   Notes




एकाइ १०         

पाठ ६        


१. तल दिइएका प्रश्नका उत्तर दिनुहोस्:

(क) आर्थिक वृद्धिको अर्थ लेख्नुहोस्

उत्तरः सामान्य अर्थमा वृद्धि भनेको आकार वा परिमाणमा थप हुनु हो यसलाई भौतिक परिवर्तनको अवस्थाका रुपमा पनि बुझ्न सकिन्छ। वृद्धिलाई परिमाणात्मक रूपमा मापन गर्न सकिन्छ। उदाहरणका लागि जब मानिस जन्मिन्छ तब निश्चित उमेरसम्म उसको शारीरिक उचाई वा मोटाइमा परिवर्तन हुन्छ त्यसलाई वृद्धि भनिन्छ । आर्थिक वृद्धि भनेको कुल राष्ट्रिय आय बढ्नु हो यसलार्य व्यापक अर्थमा भन्दा कुल राष्ट्रिय आय, कुल उत्पादन कुल रोजगार, कुल उपभोग, कुल बजारमाग, कुल निर्यात, कुल बचत, कुल लगानी आदीको आकारमा वृद्धि हुनु हो । आर्थिक वृद्धिको वास्तविक अर्थ बुझ्नका लागि निम्न लिखित तीन तत्वको आवश्यक पर्छ । ति हुन् १ प्रक्रिया २. वास्तविक राष्ट्रिय आय, ३. दीर्घकाल

(ख) आर्थिक विकास भनेको के हो ? उल्लेख गर्नुहोस् । 

उत्तरः साधारण अर्थमा आर्थिक वृद्धि भनेको कूल राष्ट्रिय आय बढ्नु हो । यसलाई व्यापक अर्थमा भन्दा कूल राष्ट्रिय आय, कूल उत्पादन, कूल रोजगार, कूल उपभोग, कूल बजार माग, कूल निर्यात, कूल बचत, कूल लगानी आदिको आकारमा वृद्धि हुनु नै हो ।

(ग) तीन वर्षको नेपालको आर्थिक वृद्धिदर उल्लेख गर्नुहोस्

उत्तर: नेपालको आर्थिक वृद्धिदर

आर्थिक वर्ष        वृद्धिदर (प्रतिशतमा) 
२०७३७४                -८.६ 
२०७४/७५              -७.४
२०७५/७६              -६.४
२०७६/७७             -२.१

स्रोत अर्थमन्त्रालयत २०७८

(घ) मानव विकासलाई परिभाषित गर्नुहोस् ।

उत्तर: सामान्य अथर्जमा मानव विकास भनेको मानिसको सर्वाङ्गीण विकास हो। मानिसलाई जन्मदेखि मृत्युसम्म सफल जीवनयापनका लागि आवश्यक पर्ने सम्पूर्ण कुराको प्राप्ती हुनु नै मानव विकास हो। मानिसलाई उसको जीवनमा गुणस्तरीय शिक्षा तथा स्वास्थ्य, सभ्य समाज, स्वच्छ वातावरण विभिन्न प्रकारका अधिकारहरू, पौष्टिक खानेकुरा, सुविधायुक्त वासस्थान, गुणस्तरीय पहिरन, धर्म, संस्कृति आदि कुराको आवश्यकता पर्छ । यि सबै कुरा राज्यले व्यक्तिमा वितरण गर्ने नभइ व्यीक्त स्वयम प्राप्त गर्न सक्षम बन्नु हो । त्यसैले मानव विकासलाई मानिसको स्वतन्त्रता र अवसरमा वृद्धि गरी उनीहरूको कल्याणमा सुधार गर्ने प्रक्रियाका रुपमा परिभाषित गरिएको छ ।

(ङ) मानव विकास भनेको के हो, यसका सूचकाङ्कहरूको व्याख्या गर्नुहोस्। 

उत्तरः मानव विकास भनेको मानवीय जीवनको समृद्धिमा वृद्धि गर्नु हो, न कि केवल त्यो अर्थव्यवस्थाको समृद्धिको बारेमा जसमा उनीहरू बसिरहेका छन् । यो एउटा अवधारणा हो जुन जनता र उनीहरूको अवसर र

छनोटमा केन्द्रित हुन्छ । UNDP ले सन् १९९० मा मानव विकासको मापनका लागि तीन सूचकाङ्कहरूको निर्माण गरेको थियो । ती सूचकाङ्कहरूको १. राम्रो जीवनका लागि आम्दानी (२) शिक्षा (३) जीवन प्रत्याशासन २०२० को प्रतिवेदनले संसारका सबै राष्ट्रहरूलाई मानव विकासको सुचकका आधारमा चार भागमा विभाजन गरेको छ । अर्थात मानव विकासको सुचकलार्य पदेखि १ को स्केलमा राखिन्छ । यदि कुनै देशको मानव विकासको सुचकको मान ०.८०० देखि १ सम्म छ भने अति उच्च मापन विकास ०.७०० देखि ०.७९९ सम्म छ भने उच्च मानव विकास, ०.५५१ देखि ०.६९९ सम्म छ भने मध्यम मानव विकास र ०.५५० भन्दा कम छ भने न्यून मानव विकास भएको मानिन्छ 
(च) दिगो विकास भनेको के हो ? यसका तीन आयामहरूको चर्चा गर्नुहोस्

उत्तरः दिगो विकास भनेको आफैमा धानिन सक्ने एउटा

प्रक्रिया हो । यसले भावी पुस्तकले पनि विकासका प्रतिफल निरन्तर उपभोग गर्ने प्रक्रियालाई सुनिश्चत गर्छ । दिगो विकास अर्न्तगत देशभित्र उपलब्ध प्राकृतिक साधन तथा स्रोतहरूको अधिकतम परिचालन गरिन्छ । यसका साथसाथै ती साधन तथा स्रोतहरूको संरक्षण पनि गरिन्छ । प्रकृतिले दिइएको सुन्दर संरचना र यसले आफ्नै नियम आफैमा व्यवस्थित छ । त्यसैले प्राकृतिक वातावरण र विकासविच अन्यालग्रश्रित सम्बन्ध स्थापित गर्दै विकास कार्यलाई सञ्चालन गर्दा उक्त विकास लामो समयसम्म टिकाउ हुन सक्छ । प्रकृतिले मानव जातिसहित सिङ्गो प्राणी जगतलाई आवश्यक पर्ने प्राकृतिक श्रोत उपलब्ध गराउने र जैविक चक्रलाई निरन्तरता दिने कार्य गरिरहेको छ । यसबाट एकातिर मानवीय आवश्यकता पुरा गर्न उत्पादन आपूर्ति र उपभोगलार्य सन्तुलनमा राखेर अर्को तर्फ प्राकृतिक नियम र यसको वास्तविक स्वरूपलार्य जीवन्त राख्दै गरिने विकासलाई दिगो विकास भनिन्छ । दिगो विकासका आयामहरू

- गरिबीको अन्त्य
- भोकमरीको अन्त्य
- स्वस्थ र समृद्धि जीवन 
- गुणस्तरीय शिक्षा
-लैगिक समानता
- स्वच्छ पानी तथा सरसफाई 
-दिगो सहर र समुदायहरू

(छ) दिगो विकासका पाँच स्तम्भहरूको व्याख्या गर्नुहोस्

उत्तरः दिगो विकासका स्तम्भहरू निम्नानुसार छ: 

पृथ्वीः पृथ्वीमा रहेका प्राकृतिक साधन स्रोत र वातावरण भावी पुस्ताका लागि पनि संरक्षण गर्ने, 

मानवः सबै प्रकारका गरिबी र भोकमरीको अन्त्य गर्ने र मर्यादा एवम्स मानता कायम गर्ने,

समृद्धिः प्रकृतिसँग सामान्जस्यता कायम गरी समृद्ध र समुन्नत जीवनको सुनिश्चितता गर्ने, शान्तिः शान्तिपूर्ण, समन्यायीक र समावेशी समाजको निर्माण गर्ने,

साझेदारी: सशक्त विश्वव्यापी साझेदारीद्वारा दिगो विकासका कार्यसूचीहरूको कार्यान्वयन गर्ने ।

(ज) दिगो विकासको कार्यान्वयनका लागि नेपाल सरकारले चालेका कदमहरूको विश्लेषण गर्नुहोस् । 

उत्तरः दिगो विकासको कार्यान्वयनका लागि नेपाल सरकारले थालेका कदमहरू यस प्रकार छन् ।

- संस्थागत विकास सम्बन्धी कार्यहरू 
- वातावरणीय प्रभाव मूल्याङ्कन एवम् अध्ययन कार्यक्रम 
- संवेदनशील क्षेत्रको पहिचान र संरक्षण कार्यक्रम 
- प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण कार्यक्रम 
- वातावरणीय प्रदूषण नियन्त्रण कार्यक्रम 
- जनचेतना अभिवृद्धि कार्यक्रम


If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ १०   पाठ ६  Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads