Followers

Class 12 Social एकाइ ६ पाठ ७ Notes

Class 12 Social एकाइ ६ पाठ ७   Notes




एकाइ ६     

पाठ ७   


१. तलका प्रश्नको उत्तर दिनुहोस् :

(क) नेपालको आधुनिक कालको राजनीतिक इतिहासका सकारात्मक र नकारात्मक अवस्थालाई तालिकामा देखाउनुहोस् ।

उत्तर: आधुनिक नेपालको निर्माण पृथ्वीनारायण शाहाले गरेका हुन् । उनलाई राष्ट्र निर्माता पनि भनिन्छ ।
आधुनिक कालको राजनीतिक इतिहासका सकारात्मक र नकारात्मक अवस्था निम्न अनुसार छन् :

सकारात्मक अवस्था

• कमितमा ५३ टुक्रामा विभाजित नेपाल राज्यलाई एकीकरण गरी सिङ्गो राज्य निर्माण गरे । 

•सामाजिक, आर्थिक, सांस्कृतिक विविधताको अन्त्य भएको थियो ।

•नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति भएको देशका रूपमा स्थापित भयो ।

• परराष्ट्र नीति बलियो तथा मजबुत हुनु ।

नकारात्मक अवस्था

•आर्थिक नाकाबन्दीका कारण जनताको जीवनमा कष्टकरहुनु ।

• सत्ताका लागि आपसी भैझगडाहरू बढ्नु ।

• राज्य सञ्चालनको लागि टिकाठ राजनीतिक अस्थिरता नहुनु ।
 
• राज्य सत्ताका लागि बासठ्ठी हरण काण्ड, कोत पर्व लगायत विभिन्न राजनीतिक झमेला हुनु ।

(ख) "षड्यन्त्रबाट प्राप्त शक्ति षड्यन्त्रबाट नै समाप्त हुन्छ। यस भनाइलाई नेपालको इतिहासको आधारमा प्रस्ट पार्नुहोस् ।

उत्तरः पृथ्वीनारायण शाहको मृ त्युपश्चात् नै नेपालको राजदरबारमा षड्यन्त्रको सुरुवा तभइसकेको थियो ।
खासगरी सानो उमेरमा राजा हुने, राजाको नायब वा मुख्तियार भएर राजनीहरू वा नातेदारले शासन गर्नुपर्ने
अवस्थाको फाइदा उठाई भारदारहरू शक्तिशाली हुने अवस्था सिर्जना भएको देखिन्छ । विभिन्न राजाहरू बिच शक्तिका लागि सङ्घर्ष चलिरहेका बेला राजेन्द्र विक्रम उमेर पुगेर आधिकारिक राजा भइसकेपछि पनि उनी
निकै डरपोक र अयोग्य राजा भएकाले उनले पहिले आफ्नी जेठी रानी साम्राज्यलक्ष्मी देवी र पछि कान्छी रानी
राज्यलक्ष्मीलाई शासनको सम्पूर्ण अधिकार दिएर आफू दरबारकै मोजमस्तीमा व्यस्त भएका थिए । परिणामस्वरूप
दरबारमा गुटबन्दी र षड्यन्त्रको वातावरण सिर्जना भएको थियो । त्यस्तै राणा शासन कालमा पनि दरबारिया षड्यन्त्रको फाइदा उठाउँदै कोतपर्व र भण्डारखाल पर्वद्वारा जङ्गबहादुर राणा प्रधानमन्त्री तथा कमान्डर इनचिफ जस्तो शक्तिशाली पदमा पुग्न सफल भए । राणा शासनमा विरोधीलाई जेल हाल्ने, निमर्म हत्या गर्ने र देश निकाला
गर्ने जस कार्य भए । राणा परिवार भित्रै पनि सत्ताका लागि विभिन्न षड्यन्त्रहरू भइरहे पछि जनताले विरोध
गरी वि.सं. २००६ सालमा भारतमा निवासित जीवन बिताइरहेका नेपाली युवाहरूले नै नेपाली काँग्रेस दल खोली
सोको नेतृत्वमा सशस्त्र सङ्घर्ष गर्न मुक्ति सेना खडा गरी क्रान्तिको सुरुवात गरे । यस क्रान्तिपछि राणाहरू टिक्न
सकेनन् र षड्यन्त्रहरूको अन्त्य भयो ।

अतः षड्यन्त्रबाट प्राप्त शक्ति जनताहरूको षड्यन्त्रर क्रान्तिबाट नै अन्त्य भयो ।

(ग) नेपालको २४० वर्ष इतिहास बोकेको राजसंस्थाको अन्तिम राजा श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहले राजगद्दी त्याग गर्नुपर्नाका कारणहरू पहिचान गर्नुहोस् ।

उत्तरः राजा ज्ञानेन्द्र वीरविक्रम शाहले राजगद्दी त्याग गर्नुपर्नाका कारणहरू :

- वि.सं. २०५९ असोज १८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरी राजा ज्ञानेन्द्रले संविधानको धारा १२७ प्रयोग गरी देशको सम्पूर्ण शक्ति आफ्नो हातमा लिएको घोषणा गरे ।

-राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई क्रमशः प्रधानमन्त्री नियुक्त गरे ।

- वि.सं. २०६१ माघ १९ गते शेरबहादुर देउवालाई अपदस्त गरी पुनः शासन सत्ता आफ्नो हातमा लिए ।

- प्रधानमन्त्री शेरबहादुर देउवा लगायत राजनीतिक दलका प्रभावशाली नेताहरूलाई नजरबन्दमा राखी आफ्नै
अध्यक्षतामा सरकार गठन गरे ।

- राजाको प्रतिगामी कदमको विरुद्धमा सातवटा राजनीतिक दलहरूको गठबन्धनले शान्तिपूर्ण
आन्दोलनको घोषणा गर्यो ।

-आन्दोलन वि.सं. २०६२ चैत २४ देखि २०६३ वैशाख १९ गतेसम्म चल्यो ।

- राजा ज्ञानेन्द्रले राजनीतिक क्रियाकलापमा प्रतिबन्द लगाए । संवेदनशील क्षेत्रहरूमा प्रदर्शन गर्न निषेध र कर्फ्यू लगाए । राजाको निरङ्कुशताविरुद्ध सबै पेसाकर्मी र कर्मचारीहरूले आन्दोलनमा एक्यबद्धता जनाए । अन्त्यमा वि.सं. २०६३ वैशाख १९ गते राजा ज्ञानेन्द्रले सार्वभौम सत्ता र राजकीय सत्ता जनतामा फिर्ता गरेको घोषणा गरे ।


If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ६ पाठ ७  Notes


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads