Followers

Class 12 Social एकाइ ६ पाठ ५ Notes

      

Class 12 Social एकाइ ६ पाठ ५   Notes



एकाइ ६     

पाठ ५   


१. तलका प्रश्नको उत्तर दिनुहोस् :

(क) मध्यकालमा राज्य टुक्रिने कारणहरू के के रहेछन् ?

उत्तरः मध्यकालमा राज्य टुक्रिने कारणहरू निम्नानुसार छन्:

-भौगोलिक विकटता र दुरीका कारणले गर्दा प्रशासनिक दृष्टिले टाढाका क्षेत्रहरू केन्द्रको नियन्त्रणमा रहन नसक्नु

- मध्यकालमा केन्द्रबाट नियुक्त सामन्तहरू शक्तिशाली हुँदै जानु र स्वतन्त्र राज्य घोषित गर्नु

- राज परिवार, भारदारहरू र राजाबिचको द्वन्द्वले गर्दा दरवारमा अविश्वास र षड्यन्त्र हुन थाल्यो जसले गर्दा केन्द्रीय प्रशासन कमजोर हुँदै गयो ।

- साना राज्यहरूको ठुलो र शक्तिशाली बन्ने महइभ्वाकाङ्क्षाका कारण आपसी भिडन्तले पनि राज्य कमजोर भएका थिए ।

(ख) नेपालमा टुक्रे राज्यहरूको अवसान कसरी भयो ?

उत्तरः नेपालमा टुक्रे राज्यहरूको अवसान हुनुका कारणहरू निम्नानुसार छन् :

-साना राज्यहरूएक आपसमा प्राय युद्धमा संलग्न रहन्थे । यसले गर्दा छिमेकसँग वैरभाव हुन्थ्यो ।

- विभिन्न समयमा भएका एकीकरण अभियानहरू स्थायी हुन सकेन ।

-साना राज्यका दरबारमा षड्यन्त्र र मनमुटावका कारण एक पक्ष शासन गर्थ्यो भने अर्को पक्ष गोरखालाई एकीकरणका लागि आमन्त्रण गर्थे ।

- भारतमा अङ्ग्रेजको साम्राज्यवादी नीतिका कारण नेपालीहरूमा विशाल र स्वतन्त्रराष्ट्र बनाउने आकाङ्क्षा बढ्यो । त्यसले गर्दा एकीकरण सुरुभयो र साना राज्यको अवशान हुन पुग्यो ।

- काठमाडौँ उपत्यका (नेपाल मण्डल) विजयपछिको उत्साहले गर्दा पृथ्वी नारायण शाह र गोरखाली सेनामा बाइसीचौबिसी र सेन राज्य पनि जित्ने उत्साह बढेर आयो ।


If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ६ पाठ ५  Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads