Followers

Class 12 Social एकाइ ४ पाठ ५ Notes

    

Class 12 Social एकाइ ४  पाठ ५  Notes




एकाइ ४   

पाठ ५   


तलका प्रश्नको उत्तर दिनुहोस् :

(क) सूचना समाज भन्नाले के बुझिन्छ ?

उत्तरः सुचनाको उत्पादन, प्रशोधन, भण्डारण, तथा वितरण सम्बन्धि कार्य गर्छ, सुचना आधारित काममा प्रधानता हुन्छ, जसलाई सुचना समाज मानिन्छ । सुचनाको उत्पादन तथा वितरण नै समाज विकासका लागि निर्णायक शक्ति
बनेका आधारमा वर्तमानका लिन अवस्थालाई सुचना समाजमा नामाकरण गरेको देखिन्छ । सुचना समाजमा
ज्ञान नै अर्थतन्त्रमा मुल तत्व रहन जान्छन्, जहाँ सुसोचित नागरिक रहन्छन् । त्यसैगरी सुचनामा समाजमा विभिन्न ज्ञान वद्दक पढ्न सकिने सुन्न सकिने र देख्न सकिने सुचना सामाग्री उत्पादन तथा वितरणलाई प्राथमिकता दिइन्छ।
सुचना समाजको परिपेक्षमा डिजिटल विवेध तथा विद्युतिय उपनिवेशवादका सवाल पनि खडा भएका छन् । यसरी
अन्त्यमा सुचना तथा सञ्चार प्रविधिमा बढी पहुच भएका देशका धनी नागरिकको शक्ति भनझन बढ्ने र त्यसमा कम पहुँच भएका देशका नागरिक पिछडिन गइ विभेद बढ्ने सम्भावनाप्रति चिन्ता गरिएको पनि एक सुचना समाज हो ।

(ख) बसाइँसराइले सामाजिक विविधतामा पार्ने प्रभावहरू विश्लेषण गर्नुहोस् ।

उत्तरः बसाइसराइले ग्रामीण समुदायको सामाजिक सम्बन्धमा प्रभाव पार्छ । यसले संयुक्त परिवार प्राणीलार्य
कमजोर बनाउँछ । एकल परिवार बसाइ सरेल सहरमा स्थायी बसोबासका लागि जान्छन् । सहरका विभिन्न
जाति र क्षेत्रका मानिसहरूसँग बसाई सर्नेको आपसी सम्बन्धले नयाँ मूल्यमान्यता र मनोवृत्तिको विकास गराउँछ
भने पुराना मूल्यमान्यता र ग्रामीण रीतिथितीलाई विस्तारै परिवर्तन गर्दै जान्छन् । गाउँमा बुढापाका र महिला, केटाकेटीहरू बसोबास हुन्छ । बच्चाको शिक्षा स्वास्थ्य, वृद्ध आमाबुबाको स्वास्थ्य रहेर चाह आदि कारणले विदेसिएका व्यक्तिका परिवार सहर वा सरह उन्मुख बस्तीहरूमा बसाइ सर्ने प्रवृत्ति बढ्न गई गाउँका जमिन बाँइना रहने, जनशक्तिको अभाव रहेको आदि हुन्छ जसले आर्थिक असमानता समेत बढाउँछ ।

(ग) प्रविधिको विकास र सामाजिक सञ्जालको बढ्दो प्रयोगले पारेका सकारात्मक प्रभाव र नकारात्मक असर विश्लेषण गर्नुहोस् ।

उत्तरः प्रविधिको प्रत्यक्ष प्रभाव दैनिक जीवन र समष्टि समाजमा पनि पर्छ । वर्तमान युगमा प्रविधिको प्रयोग अपरिहार्य छ । नयाँ प्रविधिमा पहुँच हुने वा नहुने अवस्थाले शिक्षा, रोजगारी तथा व्यक्तित्व विकासमा ठूलो अन्तर पर्छ । कोरोना भाइरसका कारणले बन्दाबन्दी तथा निषेधाज्ञाको समयमा प्रविधिमा पहुँच हुनेहरूले भर्चुअल पठनपाठन गरे भने प्रविधिमा पहुँच नहुनेहरू शैक्षिक क्रियाकलापबाट बञ्चित हुन पुग्यो । खुला विद्यालय तथ्य खुला विश्व विद्यालयको विकास प्रविधिका कारणले सम्भव भएको छ । टेनियोडिसिन पनि प्रविधिको सदुपयोगको अर्को महत्वपूर्ण क्षेत्र हो प्रविधिमाथिको निर्भरताले धेरै क्षेत्रमा श्रमिक जनशक्तिको आवश्यक सङ्ख्यामा कटौती भएको
छ । प्राविधिक कारणले भविष्यमा रोजगारी गुमाउने र बेरोजगार बन्ने मानिसहरूले सङ्ख्या बढ्न सक्ने चिन्ता पनि गरिएको पाइन्छ ।

नयाँ प्रविधिको प्रयोगसँगै परिवार, कुल कुटुम्ब र समाजसँगका सम्बन्धहरू पनि नयाँ किसिमबाट संरचित हुँदैछन् । प्रविधिले धेरै क्षेत्रमा सहजता ल्याएको छ भने मानिस मानिसका विचमा हुने प्रत्यय संवाद एवम्अ न्तरक्रिय घटाएको छ भने मानिस मानिसका विचमा हुने प्रत्यक्ष संवाद एवम् अन्तरक्रिया घटाएको छ । प्रविधिका कारणले मानिसका आपसमा सञ्चार गर्न र सञ्चालमा आवद्व हुन सकिने अवस्था छ । एकातिर वास्तविक समाज छ भने अर्कोतिर भर्चुअल सञ्चाल पनि छ । एक व्यक्ति वास्तविक समाज र भर्चुअल सज्जालमा रहने यो अवस्था पहिले थिएन । प्रविधिको विकाससँगै पारिवारिक सम्बन्ध, सामाजिक सम्बन्धित र वैश्वि सम्बन्धमा आउने परिवर्तन के कस्तो हुने हो त्यो स्पष्ट हुने बाँकी नै छ । प्रविधिका कारणले समुदायमा आएका परिवर्तन र सामाजिक रूपान्तरणका अनेक आयाम छन् ।


If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ४   पाठ ५  Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads