Followers

Class 12 Social एकाइ ५ पाठ ४ Notes

     

Class 12 Social एकाइ ५  पाठ ४ Notes




एकाइ ५    

पाठ ४   


तलका प्रश्नको उत्तर दिनुहोस् :

१. प्रदेश १ र २ को आर्थिक विशेषताहरुको तुलना गर्नुहोस् ।

उत्तर: प्रदेश नं. १ उच्च सगरमाथादेखि देशकै होचो भुभाग झापाको केचनासम्म रहेको यो प्रदेशमा पर्यटनको प्रचुर सम्भावना बोकेका धेरै स्थान छन् । सगरमाथा, मकालु, कञ्चनजंघा लगायतका हिमालले हरेक दिन पर्यटकलाई आकर्षित गरिरहेको हुन्छ, पर्यटकको आगमनले पनि आर्थिक विकासमा अब्बल रहेको पाइन्छ । त्यस्तै आर्थिक आयम भित्र्याउने बाटाहरू मुख्यगरी खाद्यान्न, नगदे बाली उत्पादन, पशुपालन, जडीबुटी, उखु, चियाखेती, बेमौसमी तरकारी, अलैची र दुध व्यवसाय पनि हुन् ।

प्रदेश नं. १ मा जुट, चिनी, सलाइ, साबुन, सिमेन्ट, छड, चिया प्रशोधनका उद्योगहरू पनि छन् । प्रदेश नं २ लाई
नेपालको अन्नको भण्डार पनि भनिन्छ । यहाँ खाद्यान्य, दलहन, तेलहन, नगदेबाली उत्पादन गरिन्छ । यहाँका मानिसहरू ६६% कृषि पेसामा लागेका छन् । पशुपालन यस प्रदेशको अर्थतन्त्रको अभिन्न अंग हो । यस प्रदेशले
देशको २४.९६ प्रतिशत धान र २९.०९ प्रतिशत गहुँ उत्पादन गर्छ प्रदेश नं. २ नेपालको प्रमुख माछा उत्पादन केन्द्रको रुपमा विकास भइरहेको छ । यस प्रदेशमा चिनी चुरोट, साबुन सिमेन्ट छड आदि उद्योगहरू रहेका छन् ।
प्रदेश नं. २ मा पर्सा राष्ट्रिय निकुञ्ज पर्छ । यस प्रदेशका जनकपुरधाम, गढिमाई छिन्नमसता, कङ्कालनी मन्दिर विभिन्न ठाउँका मजितले पर्यटक उद्योग विकासमा राम्रो टेवा पुऱ्याएको छ ।

२. बागमती प्रदेश व्यापार र औद्योगिक केन्द्र हुनुका पाँच ओय कारण उल्लेख गर्नुहोस् ।

उत्तरः बागमती प्रदेश व्यापार औद्योगिक केन्द्र हुनुका कारणहरू निम्नानुसार छ :

- देशको राजधानी भएको यस प्रदेश विकासका हिसाबलेसबैभन्दा अगाडि छ ।
- बागमती प्रदेश नेपालको प्रमुख आर्थिक केन्द्र हो ।
-बागमती प्रदेशमा बालाजु, पाटन, भक्तपुर र हेटौँडामा औद्योगिक क्षेत्रहरू रहेका छन् । 
-बागमती प्रदेशका काठमाडौँ, नारायणगढ, बनेपा, हेटौँडा प्रमुख व्यापारिक केन्द्रहरू हुन् । 
-बागमती प्रदेश सडक र हवाईमार्गको पूर्वाधारमा सम्पन्न रहेको छ ।

३. प्रदेशको विकासमा सडक पूर्वाधारको महत्व उदाहरणसहित बताउनुहोस् ।

उत्तर: देशको पूर्वाधार विकासको लागि सडक यातायातको अत्यन्त ठूलो महत्व रहेको छ । देशको भौगोलिक विशिष्टताका साथै यातायातका अन्य माध्यमको तुलनामा सडक यातायातको महत्व अत्यन्त बढी भएको कुरा सड़क
विकासका लागि जनता र जनप्रतिनिधिहरूबाट भइरहेको मागबाट पनि स्पष्ट बुझ्न सकिन्छ । यसैगरी रेल यातायात
विगतमा न्यून प्राथमिकतामा रहने गरेको र नगण्य विकास भएको भएता पनि लामो दुरीको लागि किफायती र प्रभावकारी हुनका साथै सामाजिक-आर्थिक विकास एवम्प हुँच विस्तारका अलावा देशको समग्र आर्थिक समुन्नतिका लागि रेल यातायको विकास गर्नु आवश्यक भएको छ । बढ्दो जनसङ्ख्या, अव्यवस्थित शहरीकरण एवम् सार्वजनिक यातायात सेवामा विद्यमान अनुशासनहीनता तथा सीमित व्यक्ति/संस्थाहरूको मिलोमतोको कारणले सार्वजनिक यातायात क्षेत्रले आम जनतालाई यथोचित मात्रामा सेवा सुविधा उलब्ध गराउन नसकिरहेको अवस्था विद्यमान रहेकोले यस क्षेत्रमा सार्वजनिक निकायहरूको भूमिका अभिवृद्धि गर्दै सर्वसाधारणलाई प्रभावकारी, सर्वसुलभ, स्तरीय एवम् वातावरणमैत्री यातायातको सेवा प्रदान गर्नु आजको आवश्यकता हो ।

४. गण्डकी प्रदेशको आर्थिक क्रियाकलापमा पर्यटन उद्योगको भूमिकाको विश्लेषण गर्नुहोस् ।

उत्तरः गण्डकी प्रदेशको आर्थिक क्रियाकलापमा पर्यटन उद्योगको महत्वपूर्ण भूमिका रहेको छ । यस प्रदेशका
प्राकृतिक तथा सांस्कृतिक धरोहरहरूले पर्यटन उद्योगको विकासमा अहम भुमिका खेलिरहेका छन् । यहाँ अन्नपूर्ण
पदमार्ग, मुस्ताङ र मनाङ आदि प्रमुख पर्यटकीय गन्तव्य स्थलहरू रहेका छन् । नेपाल भित्रिले विदेशी पर्यटकहरू करिब ३३% पर्यटकहरू गण्डकी प्रदेशमा आउछन् । पर्यटक व्यवसायलार्य प्रवर्द्धन गर्नका लागि घले गाउँ,
सिरवारी, विभिन्न पदमार्गहरूमा पाहुना तथा अतिथिव सत्कार घरहरू सञ्चालन हुँदै आएका छन् । त्यस्तै मनकामना, मुक्तिनाथ, बाग्लुङ कालिका आदि धार्मिक पर्यटनका लागि प्रसिद्ध छन भने पोखरा आन्तरिक र बाह्य
पर्यटनको उत्कृष्ट गन्तव्यको रूपमा रहेको छन् । पर्यटनको त्यसैले आगमनले नै आर्थिक क्रियाकलापमा ठूलो टेवा पुयाएको छ ।


If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ५ पाठ ४  Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads