Followers

Class 12 Social एकाइ ४ पाठ १ Notes

   

Class 12 Social एकाइ ४  पाठ १ Notes




एकाइ ४   

पाठ १  


तलका प्रश्नको उत्तर दिनुहोस् :

(क) सामाजिक विविधता भन्नाले के बुझिन्छ ? उदाहरणसहित चर्चा गर्नुहोस् ।

उत्तरः समाजमा पनि अनेक जातजाति, भाषा, धर्म, एवम् संस्कृति भएका थरिथरिका मानिसहरू सँगसँगै बसेको
अवस्थालाई विविधताको अवस्था भनिन्छ । समाजमा रहेको विविधतालाई बनाउन नै सामाजिक विविषय शब्दकोप्रयोग गरिन्छ सामाजिक विविधताको अवधारणालेसमाजमा रहेका विविध जाति, भाषा, धर्म, संस्कृतिआदिलाई एउटै संरचनाका विशेष अङ्गका रुपमा चिनाउँछ। त्यस्तो पहिचानले समाजको विविधतापूर्ण स्वरूपलाई उजागर गरी सबै पक्षको समावेशीकरणमा मदत गर्छ । 

सामाजिक विविधता विश्वको स्वाभाविक विशेषता हो। नेपाली समाज पनि एक विविधतापूर्ण समाज हो । नेपाललाई बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक स्वम बहुधार्मिक देश मानिङको छ। यसरी सामाजिक विविधता नेपालको र विश्वकै पनि विशेषता हो । विश्वका धर्म, संस्कृति, भाषा र कलाका साथसाथै अन्य धेरै आयाममा विविधता रहेको छ।यसरी अन्त्यमा भन्नुपर्दा समाजमा पनि अनेक जातजाति, भाषा, धर्म, एवम संस्कृति भएका थरी थरीका मानिसहरू सगसगै बसेको अवस्थालाई नै सामाजिक विविधता भनिन्छ ।

(ख) वर्तमान विश्व विविधतापूर्ण छ भन्ने तथ्य उदाहरणसहित स्पष्ट पार्नुहोस् ।

उत्तरः संसारमा करिब ६ सय ५० जातीय समुदायहरू रहेका छन् । त्यस्तै ४ हजार ३ सय धार्मिक आस्थाजन्य सम्प्रदायहरू रहेका छन्। संसारमा करिब ७ हजार १ सय भाषाहरू रहेका छन् । अहिलेको विश्व परिवेश बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक एवम बहुजातीय छ । संसारभरि आन्तरिक तथा अन्तर्राष्ट्रिय बसाईसराइ भइरहेको छ । रोजगारी, व्यापार शिक्षा तथा पर्यटन प्रयोजनका लागि एकठाउँबाट अर्को ठाउँमा अल्पकालिन बसोबासका लागि जाने मानिसहरूको सङ्ख्या झन् धेरै छ ।

 बेलायतको लन्डन सहरमा बासिन्दाहरूबारे सन् २०२१ मा गरिएको एक अध्ययनले त्यहाँ हाल करिब २ सय ७० प्रकारका जातिका मानिसहरू बस्ने र तिनीहरूले करिब ३ सय प्रकारका भाषाहरू बोल्ने तथ्य उजागर भएको छ
। तिनीहरूका प्रजातीय पहिचानमा पनि विविधता छ ।धार्मिक आस्थाका हिसाबले पनि उनीहरू सयौँ प्रकारका
आस्था पद्धतिमा विभाजत छन् । मूल रुपमा कुन देशबाट बसाइसराइ गरेका हुन भन्ने आधारमा पनि विविधता छ ।
लन्डन सहर त एउटा उदाहरण मात्र हो ।

 चाहे स्थायी बसोबासका लागि होस् वा अस्थायी बसोबासका लागिहोस् जब मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा जान्छन् तब साथमा आफ्ना धार्मिक आस्था, भाषा,संस्कृति, कला, भेषभूषा आदि पनि लिएर जान्छन् । यसले विधिताको अवस्थालाई बढाउँछ । बसाइसराइ नभएकोअवस्थामा पनि विश्वका विभिन्न भुभागका मानिसहरू धार्मिक आस्था, अर्थतन्त्र, राजनीति, विचारधारा आदिका कारणले एकआपसमा अन्तरसम्बद्ध हुन्छन् ।

विविधताको अवस्था जति बढ्छ उति नै विविधताको समन्वयको आवश्यकता पनि बढ्छ। प्रतियोगिता हुदै फरक
फरक क्लबका प्रशंसकहरूको द्वन्द्व भयो भने त समस्या पर्छ भने धैर्य संस्कृति, जाति, भाषा, कला र राष्ट्रियता जस्ता कुराहरू द्वन्द्वका बहाना बने भने धेरै जटिल समस्या आइपर्छ। द्वन्द्व व्यवस्थापन र शान्तिको प्रवर्धनका लागि विविधतालाई कसरी सम्बोधन गर्ने भन्ने समूचित नीतिन नभई हुँदैन । विविधताको समन्वय वर्तमान विश्वको
आवश्यकता हो ।


(ग) सामाजिक विविधतालाई समन्वय गर्नु किन आवश्यक छ ?

उत्तरः सामाजिक विविधताको अवस्था जति बढ्छ उति नै विविधताको समन्वयको आवश्यकता पनि बढ्छ । विविधतालार्य समन्वय गर्न एवम् सामान्जस्य स्थापित गर्न नसकिएमा द्वन्द्व बढ्छ । फुटबल प्रतियोगिता हुँध फरक फरक क्लबका प्रशंसकहरूको द्वन्द्व भयो भने त समस्या पर्छ भने धर्म, संस्कृति जाति, भाषा, कला राष्ट्रियता जस्ता कुराहरू द्वन्द्वका बहाना बने भने धेरै जटिल समस्या आइपर्छ । द्वन्द्व व्यवस्थापन र शान्तिको प्रवर्धनका लागि विविधतालाई कसरी सम्बोधन गर्ने भन्ने समुचित नीति नभई हुँदैन । विविधताको समन्वय वर्तमान विश्वको आवश्यकता हो ।


If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ४   पाठ १   Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads