Followers

Class 12 Social एकाइ ८ पाठ ३ Notes

Class 12 Social एकाइ ८   पाठ ३   Notes



एकाइ ८       

पाठ ३  


१. तलका प्रश्नको उत्तर दिनुहोस् : 

(क) अधिकार र कर्तव्यको परिभाषा दिनुहोस् । 

उत्तरः अधिकार भनेको व्यक्ति वा समुदायको त्यस्तो आवश्यकता र चाहना हो जुन कानुनमा उल्लेख गरिएको हुन्छ । 'अधिकार' अधिकार हुनको लागि कसको अधिकार, के अधिकार र कसको दायित्व भन्ने प्रश्नको स्पष्ट उत्तर बोकेको हुन जरूरी छ । त्यस्तो कानुनमा उल्लेख गरिएको अधिकारको अधिकार हुने व्यक्तिलाई स्वतन्त्र ढङ्गले उपभोग गनू दिनु अर्को पक्षको कर्तव्य हुन्छ यदि कानुनमा उल्लेख गरेको बमोजिमको व्यक्ति वा समुदायको अधिकारको उल्लङ्घन गरेमा वा प्रयोगमा वाधा अड्चन हालेमा अधिकारवाली व्यक्ति उपचारको लागी अदालत समक्ष जान सक्छ जुन व्यवस्था समेत कानुनमा नै गरिएको हुन्छ केही अधिकारहरू यस प्रकार छन् । 

- महिला अधिकार 
- बाल अधिकार 
-मानव अधिकार मौलिक अधिकार आदी 

कर्तव्य भन्नाले आफूले गर्नुपर्ने कार्य तथा दायित्व आफैले जानेर वा बुझेर गर्नु र गर्न नहुने कार्य नगर्नु हो । अरुको अधिकारमा नकारात्मक असर पर्ने गरी कुनैपनि क्रियाकलाप नगर्नु वा गर्न प्रोत्साहन नगर्नु पनि कर्तव्य हो । सामान्य तय व्यक्तिका कर्तव्य जहाँ जतिखेर पनि देखा पर्छन् सामान्यतय नागरिकका नैतिक कर्तव्य, कानुनी कर्तव्य, सामाजिक कर्तव्य र नागरिक कर्तव्य गरी चार किसिमका कर्तव्यहरू हुन्छन् । यस अर्न्तर्गत राज्यलाई कर तिर्नु, निर्वाचनमा भाग लिनु, मतदान गर्नु, मौलिक सांस्कृतिक तथा सम्पदाको संरक्षण गर्नु जस्ता कर्तव्यहरू पर्दछन् । हरेक क्षेत्रमा हरेक व्यक्तिको कर्तव्यको आवश्यकता पर्छ साथै कर्तव्य निभाउनु पनि पर्छ । अन्त्यमा भन्नुपर्दा अधिकार वा कर्तव्य एक सिक्का दुई गण हुन् । 

(ख) नेपालको संविधानमा उल्लिखित नागरिकका कर्तव्यहरुको सूची तयार गर्नुहोस् । 

उत्तरः नेपालको संविधानमा मौलिक हकको साथै नागरिकको  कर्तव्य पनि व्यवस्था गरिएको छ । संविधानको धारा ४८ मा नागरिकका कर्तव्यहरूको व्यवस्था गरिएको छ । तिनीहरू निम्नानुसार छन् : 

- राष्ट्रपति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौम सत्ता रअखण्डताको रक्षा गर्नु, 
- संविधान र कानुनको पालना गर्नु,
- राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु,
- सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने । 

(ग) नागरिक अधिकारका आवश्यकतालाई उदाहरणसहित प्रस्ट पार्नुहोस् । 

उत्तरः नागरिक अधिकार एउटा देशको नागरिक भएको नाताले उसले प्राप्त गर्ने नागरिक राजनैतिक अधिकारलार्य जनाउँछ । प्रत्येक नागरिक कानुनको दृष्टिमा समान हुने र कानुनद्वारा सम्मान संरक्षणको अधिकार दिलाउन, नागरिक अधिकारको आवश्यकता भएको हो कुनै पनि व्यक्ति व्यक्ति विच उत्पत्ति, धर्म, वर्ण, जातजाति, लिङ्ग, शारिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्ता, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव नहोस भनेर नागरिक अधिकारको आवश्यकता भएको हो कसैलाई पनि समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव नहुने व्यवस्था भएको हुदा अर्थात भेदभाव नहोस भनेर नागरिक अधिकार आवश्यकता भएको हो । व्यक्तिको गोपनियताको अधिकार निहित होस वा रहोस भनेर पनि नागकिर अधिकारको आवश्यकता भएको हो । कुनै पनि व्यक्तिको नागरिकको इच्छा विना कसैले पनि काममा नलगाओस वा व्यक्ति व्यक्ति विच द्वन्द्व सिर्जना नहोस भनेर नागरिक अधिकारको आवश्यकता भएको हो ।


If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ८   पाठ ३  Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads