Followers

Class 12 Social एकाइ ५ पाठ १० Notes

     

Class 12 Social एकाइ ५  पाठ १०   Notes




एकाइ ५    

पाठ १०   


१. तलका प्रश्नको उत्तर दिनुहोस् :

(क) जिपिएस्को पूर्णरूप लेख्नुहोस् ।

उत्तरः जिपीएसको पूर्णरूप ग्लोबल पोजिसनिङ् सिस्टम हो । यो प्रणाली उपग्रह, ग्राउण्ड स्टेसन, सिसिभर र प्रयोगकर्ताहरू मिलेर बनेको हुन्छ ।

(ख) जिपिएस्को उपयोगिता लेख्नुहोस् ।

उत्तर: जिपीयस प्रणालीमा उपग्रहले नक्षत्रका ताराहरूले जस्तै काम गर्छ, यसमा मोबाइल फोन जस्तै एक रिसिभर हुन्छ जसले उपग्रहबाट आएका सङ्केतहरूलाई अभिलेख गर्छ, सङ्केतहरू एक अर्काबाट कति टाढा रहेका छन्
त्यसको दुरी कति छ भनेर गणना गर्छ । त्यही गणनाका आधारमा कुनै पनि ठाउँको अवस्थिति पत्ता गाउन सकिन्छ ।

(ग) दूर संवेदनले वर्तमान समयमा पुयाएका फाइदाहरूको सूची तयार पार्नुहोस् ।

उत्तरः दुर संवेदन भन्नाले यढाका घटनाहरूको गतिविधिहरूलाई अवलोकन गर्ने, अभिलेख गर्ने र बुझ्ने
कार्यलाई जनाउँछ ।

प्रारम्भमा फोटो खिच्न मेसेन्जर परेवा, पतङ्गर रकेट र मानवरहति बेलुनहरू प्रयोग गरिन्थ्यो । भूउपग्रह र विमानमा जडान गरिएका रिमोट सोन्सिङले भुकम्पका क्षतिको विवरण तयार पार्नका साथै जहाजहरूमा रहेको प्रणालीबाट समुन्द्रको गहिराइको तस्विर हेर्न दूर संवेदनको प्रयोग गरिन्छ । उपग्रहमा जडित क्यामेराले महासागरको तापक्रममा हुने परिवर्तनको पनि तस्विर लिन पनि यसको उपयोग रहने हुदा यस प्रविधिको महत्व रहेकोछ । सहरी विकास, भूउपयोग, जङ्गल आदिको परिवर्तनलाई अभिलेखिकरण गर्न पनि यो प्रविधि महत्वपूर्ण मानिन्छ । जिओग्राफीक इनफरमेसन सिसटम (GIS) भनेको जिओग्राफिकको भूगोल जाजनकारि दिन बनाइएको एउटा सिसटम हो । जिआइएसको प्रयोग हामीहरू विभिन्न ठाउँमा गर्न सक्छौँ ।
जस्तै :
१. विश्वको नक्साङ्कन गर्न
२. वस्तु वा व्यक्तिको आयोजना गर्न
३. विश्वको भूगोलको तथ्याङ्क

(घ) जिआइएस् प्रविधिको उपयोग तपाईंले कहाँ कहाँ र कसरी गर्नुभएको छ । उदाहरणसहित लेख्नुहोस् ।

उत्तरः जिपिएसले जस्तोसुकै समय र मौसममा काम गर्छ। यो उपकरण जल, स्थल र हवाई यात्राका लागि उपयोगी हुन्छ । यसका प्रयोगहरू निम्नानुसार छ :

-स्थानः अवस्थिति पहिचान गर्न

- नेभिगेसनः एक स्थानबाट अर्कोमा जान वा पुग्न

-अनुगमनः वस्तु वा व्यक्तिलाई अनुगमन गर्न

-नक्साङ्कनः विश्वको नक्सा तयार गर्न

- समय: वास्तविक समय मापन गर्न

अहिले नेपालमा जिपिएसको व्यापक प्रयोग भइरहेको छ । ठुला ठुला सहरहरूमा सवारी साधनमा यस प्रविधिलाई
उपयोग गरी सवारी साधनले यात्रुहरूलाई सेवा दिइरहेका हुन्छन् । निजी सेवा प्रदायक निकायले काठमाडौँ लगायतका ठुला सहरमा यस्ता सेवा दिइरहेका छन् । यस्तो सेवा प्राप्त गर्न गर्ने सेवा प्रदायक निकायमा सर्च गरेर अर्डर दिइन्छ । यसरी अर्डर दिनासाथ जिपिएसको सहायताले ती सवारी साधन हाम्रो अवस्थितिमा आइपुग्छ र जाने ठाउँको अवस्थिति तय गरेर सिधै हामीलाई पुऱ्याइदिन्छ ।


If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ५ पाठ १०  Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads