Followers

Class 12 Social एकाइ ६ पाठ १ Notes

     

Class 12 Social एकाइ ६ पाठ १  Notes




एकाइ ६     

पाठ १  


१. तलका प्रश्नको उत्तर दिनुहोस् :

(क) नेपालको प्राचीन इतिहसका महत्वपूर्ण पक्षहरू बुँदागतरूपमा लेख्नुहोस् ।

उत्तरः नेपालको इतिहास निकै प्राचिन छ। नेपालका इतिहासका महत्वपूर्ण पक्षहरू यस प्रकार रहेका छन् ।

१. नेपाललाई सत्ययुगमा सत्यवति त्रिलायुगमा तपोवन र द्वापर युगमा मुक्ति सोपान भनेर चिनिन्थ्यो ।

२. पश्चिम युगको वुटवलमा पाइएको रामापिथेकशको अपसेसले नेपालमा एक करोण वर्ष पहिले देखि नै मावन जातिको बसोबास रहेको कुरा पृष्टि गर्छ ।

३. नेपाल ऋषिमुनिहरूको तपोभूमि पनि रहेको छ जस्तै कौशिक ऋऋषिले कोषि नदिको किनारमा बाल्मिकी ऋषिले गाण्डकि नदिको किनारमा आइ तपस्या गरेको पाइन्छ ।

(ख) नेपाल उपत्यकाको उत्पत्ति र नामकरणका सम्बन्धमा भाषागत आधार उल्लेख गर्नुहोस् ।

उत्तरः नेपालको राज्यको उत्पति कसरी भयो भन्ने सम्बन्धमा इतिहासकारहरूले विभिन्न प्रमाणहरूको खोजी गरेर तथ्य बाहिर ल्याएक छन् । यसका आधारमा नेपालको उत्पति र नामाकरण कसरी भयो होला भनी अनुमान लगाउन सकिन्छ । नेपाल राज्यको उत्पत्ति र नामाकरण विषयमा विभिन्न तथ्य तथा धारणाहरू प्रकाशमा आएका छन् । त्यसमध्ये भाषागत आधार पनि एक हो ।

भाषाको आधारमा नेपाल पौराणिक किराती शब्द नेपालको सांस्कृतिक रुप हो । किराती र नेवारी भाषामा ने को अर्थ 'मध्य' र 'पा' को अर्थ 'देश' अर्थात् 'मध्यदेश हुन्छ । मध्यपहाडि खण्डमा रहेको 'नेपा' मा 'ल' प्रत्यय लागेर नेपाल नाम रहेको देखिन्छ ।

तिब्बती भाषामा 'ने' को अर्थ घर र 'पाल' को अर्थ उन हुन्छ त्यसबेला यस क्षेत्रमा भेडापालन बढी भएकाले नेपालबाट
उन र उनी कपडा विदेशमा निर्यात हुन्थ्यो । त्यसैले उनको घर अर्थात उन हुने ठाउँको रुपमा यो क्षेत्रको नामकरण
नेपाल रहन गएको देखिन्छ ।

लिम्बु भाषामा नेपालको अर्थ समतल भूमि भन्ने हुन्छ । पहाड़ी खण्डमा ठूलो मैदानी उपत्यका भएकाले यसको नाम
नेपाल रहन गएको देखिन्छ ।

पुरानो लेप्चा भाषामा 'ने' को अर्थ पवित्र र 'पाला' को अर्थ गुफा हुन्छ । यसरी 'नेपाल' ले पुष्यभूमि वा धार्मिक स्थल भएकाले तामाङ भाषाअनुसार पुष्य भूमिका रुपमा नेपाल नाम रहन गएको हुन सक्छ । संस्कृत भाषामा नीप भनेको पहाडको फेदि हुन्छ सो शब्दमा उपसर्ग आल (स्थान) जोडेर नेपाल भएको अनुमान छ । आलको अर्थ घर हुन्छ । पहाड़ी काखमा रहेको उपत्यका भएको हुनाले यसलाई नै नेपाल भन्न थालियो ।


(ग) गोपाल, महिषपाल र किरातकालको आर्थिक समाजिक अवस्थाको चित्रण गर्नुहोस् ।

उत्तरः प्राचीन कालको गोपाल, महिषपाल र किराती शासन व्यवस्थाको आर्थिक तथा सामाकिज अवस्था
त्यति प्रष्ट छैन । तैपनि त्यसबेलाको तथ्यहरूका आधारमा निम्नानुसार उल्लेख गर्न सकिन्छ । गोपालवंशी
शासनकालको मुख्य आर्थिक क्रियाकलाप पशुपालन थियो । काठमाडौँ उपत्यका उब्जाउशील तलैया माटाले बनेको हुनाले यहाँ प्रशस्त घाँस थियो । त्यसैमा यहाका बासिन्दा गाइ पाल्ने गर्थे। मलिलो माटाले बनेको भूभाग भएका कारण यहाँ कृषि व्यवसाय पनि गरिन्थ्यो । महिषपाल वंशको पालामा भने भैंसी पाल्न थालियो । अन्य कुरा
गोपाल वंशकै जस्तो थियो किरातकालमा मानिसहरू कृषि र पशुपालनका साथमा विकास गर्ने कार्य पनि गर्थे। तीनओटै काल खण्डमा घरेलु उद्योगबाट आफूलाई आवश्यक वस्तु तयारी गरिन्थ्यो ।

समाज हिन्दु धार्मिक परम्परामा आधारित थियो । पशुपतिनाथको उत्पत्ति र मन्दिर निर्माणको कुराले
 त्यसबेला सबै धर्मको विकास भएको अनुमान लगाउन सकिन्छ । पशुपतिमा किरातेश्वर महादेव हुनुले किरात कालमा पनि सबैधर्म चलेको देखिन्छ । सो समयमा हिन्दू परम्परा अनुसारका विभिन्न चाडपर्वहरू मनाइन्थ्यो ।


If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ६ पाठ १ Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads