Followers

Class 12 Social एकाइ ११ पाठ ४ Notes

Class 12 Social एकाइ ११  पाठ ४  Notes




एकाइ ११          

पाठ ४        


१. तलका प्रश्नहरूका उत्तर दिनुहोस्ः

(क) समुदायको सहभागिता भन्नाले के बुझिन्छ ?

उत्तरः सामान्य अर्थमा समुदायको सहभागिता भन्नाले सामाजिक कार्यका लागि समुदाय नै सहभागी हुने भन्ने बुझिन्छ । अझ विस्तृत रूपमा भन्नुपर्दा कुनै पनि निर्णय गर्न, उक्त निर्णय कार्यान्वयन गर्न, अनुगमन गर्न र मूल्याङ्कन गर्न, उक्त निर्णयलाई निरन्तरता दिन र संरक्षण गर्न समाजका व्यक्तित्व सहभागी हुनु नै समुदायको सहभागिता हो ।

(ख) राणा शासनकालमा विद्यालयहरू विकास नहुनाको एक कारण दिनुहोस् ।

उत्तरः सरकारले वार्षिक रूपमा केही रकम नदिने, समुदायले पनि विद्यालयका लागि जग्गा, भवन लगायत शिक्षकहरूका लागि खाने बस्ने व्यवस्था नगर्नु, विद्यालय सञ्चालक समितिको व्यवस्था नहुनु, सरकारी अनुदानले मात्रै सबै व्यवस्था गर्न नसक्नु राणा शासनकालमा विद्यालयको विकास नभएको हो

(ग) शिक्षाले समुदायको विकासमा खेल्ने कुनै एक भूमिका उल्लेख गर्नुहोस्

उत्तरः शिक्षाले समुदायको विकासमा खेल्ने भूमिका निम्नानुसार प्रस्तुत गर्न सकिन्छ : 

- शिक्षालयको आर्थिक, भौतिक तथा शैक्षिक कार्यक्रमहरू बारे समुदायले जवाफदेहिता र पारदर्शिता कायम हुन्छ

(घ) तपाईंको विद्यालयका भवनहरू कस कसको सहयोगमा बनेका हुन् ?

उत्तरः मेरो विद्यालयका भवनहरू निम्न व्यत्ति वा सङ्घसंस्थाको सहयोगमा बनेका हुन् ।

- स्थानीय व्यक्तिहरूको सहयोगमा 
- बेलायत सरकारको सहयोगमा
-भारत सरकारको सहयोगमा
-प्रदेश /नेपाल सरकारको सहयोगमा

(ङ) शिक्षाको विकासमा समुदायको भूमिका के कस्तो हुन्छ ? व्याख्या गर्नुहोस् ।

उत्तर: शिक्षाको विकासका लागि समुदायको महत्त्वपूर्ण भूमिका रहन्छ। ती भूमिकाहरू यसप्रकार प्रस्तुत गरिएको

छः

- शिक्षालयको भौतिक, शैक्षिक तथा व्यवस्थापकीय कार्यमा आर्थिक, भौतिक तथा मानवीय सहयोग गर्ने

-शिक्षालयको सिकाइलाई सहयोग पुयाउने गरी घरको वातावरण बनाउन अभिभावकहरूलाई सचेतना र सहयोग

दिने

- शिक्षालय र घरबिच प्रभावकारी सञ्चार सम्बन्ध कायम गरी अभिभावकहरूलाई विद्यालयको कार्यक्रम र विद्यार्थीको प्रगतिबारे जानकारी दिने तथा शिक्षकलाई विद्यार्थीहरूको घरको वातावरणबारे जानकारी दिने ।

- विद्यार्थीलाई गृहकार्य, परियोजना कार्य जस्ता सिकाइसँग सम्बन्धित कार्यहरूमा सूचना, विचार आदि दिएर सहयोग गर्ने ।

- अभिभावकहरूलाई शिक्षालयको निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सहभागी गराउने ।

-शिक्षालयको कार्यक्रम, पारिवारिक अभ्यास तथा विद्यार्थीको सिकाइलाई सबल बनाउन समुदायमा भएका स्रोत, साधन तथा सेवालाई पहिचान गरी शिक्षालयसँग एकाकार गराउने ।

(च) शिक्षाको विकासमा समुदायले पुज्याउन सक्ने योगदानहरूबारे चर्चा गर्नुहोस्

उत्तरः शिक्षाको विकासमा समुदायले पुयाउन सक्ने योगदानहरू निम्नानुसार छ

- शिक्षालयको भौतिक, शैक्षिक तथा व्यवस्थापकीय कार्यमा आर्थिक, भौतिक तथा मानवीय सहयोग गर्ने ।

- शिक्षालयको कार्यक्रम, पारिवारिक अभ्यास तथा विद्यार्थीको सिकाइलार्य सवल बनाउन समुदायमा भएका स्रोत साधन तथा सेवालार्य पहिचान गरी शिक्षालयसँग एकाकार गराउने ।


If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ११  पाठ ४  Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads