Followers

Class 12 Social एकाइ ६ पाठ ३ Notes

      

Class 12 Social एकाइ ६ पाठ ३   Notes






एकाइ ६     

पाठ ३   


१. तलका प्रश्नकोउत्तर दिनुहोस् :

(क) यो वर्ष नेपाल संवत् कति हो ?
उत्तर: यो वर्ष नेपाल संवत् ११४२ हो ।

(ख) मध्यकालीन राजाहरूको नाम र कामको सूची तयार पार्नुहोस् ।

उत्तरः मध्यकालिन राजाहरूको नाम कामको सूची निम्नानुसार छ :

(१) जयस्थिति मल्ल
पेसागत हकहितको संरक्षण, जग्गालाई अब्बल दोयम, सिम र चाहार गरी चार भागमा विभाजन, घर, जमिन बेचबिखन गर्न र बन्धक राख्न पनि पाइने व्यवस्था माना, पाथी, ढक तराजुमा सुधार, चारवर्ण चौसठ्ठी जातको सामाजिक व्यवस्था, जातीय पेसार पहिरनको व्यवस्था, गोपाल राजवंशावलीको रचना

(२) दक्ष मल्ल
भक्तपुर तौमड़ी टोलको मन्दिर दत्ताप मन्दिर, यक्षश्वर मन्दिर, ललितपुरको भीमनाथ मन्दिर स्थापना,

(३) रत्म मल्ल
तामाको मुद्रा प्रचलन, तलेजु मन्दिर निर्माण पशुपतिमा दक्षिणकाली, सप्तर्षि र अष्टमातृकाका मुर्ति स्थापना

(४) महेन्द्र मल्ल
उपत्यकामा चाँदीको मोहोर (महेन्द्र मल्ली) चलाएका, तलेजुनजिक महेन्द्रश्वर महादेव मन्दिर निर्माण, सबैजनताले खाएपछि मात्र खाने राजा, जनताको मृत्युमा पनि छाक छोड़ने राजा

(५) लक्ष्मी नरसिंह मल्ल
तलेजु भवानीको मन्दिर अगाडि खम्बा गाडेर सुनको गोलम्बा लगाइएको धातुको सिंह स्थापना (१६९९), हनुमान ढोका दरबारको विस्तरा, मोहन चोक, सुन्दरी चोक, नासलचोक, भण्डारवाल बगैचाको निर्माण हनुमानढोका दरबारल क्षेत्रमा विश्वरुपको सुनौलो मूर्ति स्थापना, हनुमान ढोका बाहिर ओटा हनुमानका मूर्ति स्थापना, नासलचोकमा नृसिंहको मूर्ति स्थापना,

(६) जयप्रकाश मल्ल
कुमारीचोक स्थापना, कुमारीको रथयात्रा आरम्भ, बालाजुको २२ मध्ये २१ धारा निर्माण

(७) सिद्विनर सिंह मल्ल
पाटनको कृष्ण मन्दिर निर्माण, भण्डारवालको धारा पोखरी निर्माण, भक्तपुरमा विस्केट जात्रा सुरु गरेका

(८) भूतवीन्द्र मल्ल
भक्तपुर दरबार क्षेत्रका कलाकृति ५५ झ्याले दरबार, मालतीचोक निर्माण

(ग) पूर्व मध्यकालीन कालमा उपत्यकाको राजनीतिक अवस्था कस्तो थियो ?

उत्तरः उपत्यकाभित्र पूर्व मध्यकालिन कालमा तीन राज्य थिए । ति मध्ये पाटन सबैभन्दा कमजोर थियो ।पाटनमा छ प्रधानमरूले राजालाई कठपुतली भै चलाउँथे, उनीहरूले भनेको नमाने राजालाई उनीहरू हराउँथे र अन्यत्रबाट ल्यएर राजा बनाउथे । यसै क्रममा भक्तपुरका राजा रणजीत मल्ल, काठमाण्डौका राजा जयप्रकाश मल्ल र पृथ्वीनारायण शाहका भाइ दलमर्दन साहलाई राजा बनाएका थिए । पाटन राज्य अन्तर्गत कीर्तिपुरमा पृथ्वीनारायण शाहले तेस्रो पटक आक्रमण गर्दा पाटनमा उनकै भाइ राजा थिए । त्यसैले पृथ्वीनारायण शाहलाई कीर्तिपुर जित्न सहज भएको थियो ।

(घ) जयस्थिति मल्ल र राजा महेन्द्र मल्लबाट वर्तमानका राज्य सञ्चालकहरू के के राम्रा कुरा सिक्न सक्छन् ?

उत्तरः जयस्थिति मल्लले आफ्नो कार्यकालमा सामाजिक आर्थिक तथा राजनीतिक पक्षलाई सुधारेका छन एउटा व्यवस्थित शासन प्रणालीको सुत्रपात गरेको श्रेय इतिहासमा पाएका छन् । उनले न्याय निसाफको पनि राम्रो व्यवस्था गरेका थिए । पेसागत हकहितको संरक्षण जग्गालाई अब्बल, दोयम सिम र चाहार गरी विभाजन गरेका थिए । जयस्थिति मल्लबाट अहिलेको राज्य सञ्चालकले सामाजिक, आर्थिक तथा राजनीतिक तिनै पक्षलाई सुधारेर अगाडि बढाउनु पर्छ साथै अहिलेको अवस्थामा न्यायको पाटो अलि कम्जोर देखिएको छ त्यसलाई सुधालेर न्यायलाई बलियो बनाउन जरुरत छ । साथै जाति व्यवस्थाको संरचनागत व्यवस्था, भूमिसम्बन्धि व्यवस्था, सहरी योजना, व्यापार वाणिज्य सम्बन्धी सुधार जस्ता कुराहरू पनि सिकेर राज्य सञ्चालन गर्न आवश्यक छ ।

यस्तै राजा महेन्द्र मल्ललाई जनताका राजा भनेर पनि चिनिन्थ्यो । उनले जनताको विचारलाई सम्मान गर्थे, सबै जनताले खाएपछि मात्र खाने राजा पनि महेन्द्र मल्ल हुन उनले जनताको मृत्युका पछि छाक छाड्ने गर्ने यसबाट अहिलेका राज्य सञ्चालकले के सिक्नु पर्छ भने जनताको विचारको कदर र सम्मान गर्न सिक्नु पर्छ भन्ने कुरा बुझ्न जरुरी छ ।


If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ६ पाठ ३  Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads