Followers

Class 12 Social एकाइ ५ पाठ १ Notes

    

Class 12 Social एकाइ ५  पाठ १  Notes



एकाइ ५    

पाठ १  


तलका प्रश्नको उत्तर दिनुहोस् :

(क) अपि हिमाल कुन प्रदेशमा पर्छ ।

उत्तरः अपि हिमाल सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पर्दछ ।

(ख) गण्डकी प्रदेशको सबैभन्दा होचो भूमि कुन हो ?

उत्तरः गण्डकी प्रदेशको सबैभन्दा होचो भू-भागको रूपमा नवलपुरको त्रिवेणीसुस्ता रहेको छ ।

(ग) प्रदेश १ र प्रदेश २ बिचको भौगोलिक विशेषताहरू बिचको समानता र भिन्नता उल्लेख गर्नुहोस् ।

उत्तरः
प्रदेश १ : यस प्रदेशले कूल क्षेत्रफलको १७.६ प्रतिशत भूभाग ओगटेको छ । यस प्रदेशको कूल क्षेत्रफल २५,९०५ वर्ग कि. मि. रहेको छ । यहाँ तराई, पहाडी र हिमाली तीनवटै भौगोलिक क्षेत्रहरू रहेका छन् । विश्वको सर्वोच्च
शिखर सगरमाथा र तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा यहीँ पर्दछन् । यिनका अलावा मकालु र चोयु हिमाल यस
प्रदेशमा पर्ने प्रमुख हिमालहरू हुन् । यो प्रदेश जलस्रोतका दृष्टिले पनि पनी छ । मेची, तमोर, अरूण, दुधकोसी आदि यहाँका प्रमुख नदीहरू हुन् । यस प्रदेशको दक्षिणी भागमा सदावहार जगल पाइन्छ भने पहाडी भागमा पतक्षर र हिमाली क्षेत्रमा कोणधारी किसिमको जङ्गल पाइन्छ सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय
निकुञ्ज तथा कञ्चनजङ्घा संरक्षण क्षेत्र यहाँका प्रमुख संरक्षण क्षेत्रहरू हुन् । ग्रीष्म ऋतुमा हिन्दमहासागरबाट
बहने जलवाष्पयुक्त मनसुनी वायुले यस क्षेत्रमा प्रशस्त वर्षा गराउँछ ।

प्रदेश २ : यो प्रदेश तराईको समथर क्षेत्रमा पर्दछ । यस प्रदेशको कूल क्षेत्रफल ९,६६१ वर्ग कि. मि. रहेको छ । यसले देशको कुल क्षेत्रफलको ६.५६ प्रतिशत भूभाग ओगटेको छ । यहाँको माटो उर्वरा र मलिलो भएको कारणले कृषि कर्मका लागि उपयुक्त छ । प्रदेश २ को हावापानी गर्मी र ओसिलो किसिमको छ भने मनसुनी वायुले ग्रीष्म ऋऋतुमा वर्षा गराउँछ । यहाँ उष्ण सदावहार किसिमको जङ्गल पाइन्छ यस प्रदेशको उत्तरतर्फ बाक्लो जङ्गलले ढाकेको चुरे पर्वतशृङ्खला पर्दछ ।

(घ) कर्नाली प्रदेशको सभ्यता नदीको सभ्यतासँग जोडिएको छ, पुष्टि गर्नुहोस् ।

उत्तरः विश्वका हरेक मानव सभ्यताहरू नदी किनारबाट सुरु भएको इतिहास छ । एथेन्स वा मेसोपोटामियाको सभ्यता होस् वा रोमन सभ्यता नै किन नहोस, नाइल नदीको सभ्यता वा सिन्धु नदीको सभ्यता, यिनीहरू नदीकिनारबाटै सुरु भएका थिए । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने कर्णाली एउटा यस्तै सभ्यता हो र यो कर्णाली नदीसँग जोडिएको छ । यसर्थ कर्णालीको सभ्यता मानव सभ्यता र संस्कृति पनि हो भन्न सकिन्छ।

 कर्णालीको सम्बन्ध पनि मानव सभ्यता, संस्कृतिसँग जोडिन्छ। त्यसैले कर्णाली सभ्यता हो, अझ भन्नुपर्दा नेपालको प्राचीन सभ्यता हो । कुनै समय विकसित कर्णाली आज विकास, पूर्वाधार र परिवर्तनको प्रतीक्षामा छ । संघीयतामा जानुको प्रमुख कारण पनि केन्द्रबाट टाढा भएकले पछाडि परेका देशका भूभागलाई स्थानीय सरकारले ध्यान दिएर विकास गरुन् भन्ने हो । त्यसैले अब कर्णालीलाई मुलुक समृद्धिको मुहान बनाउनुपर्छ । कर्णाली सम्भावनाको अपार खानी हो । कर्णालीलाई जलविद्युत्  उत्पादनको क्षेत्रका रूपमा विकास गर्न सकिने थुप्रै आधार छन् । कर्णाली हुम्ला हुँदै बग्ने हुम्ली कर्णाली, डोल्पा हुँदै बग्ने भेरी र जुम्ला हुँदै बग्ने भेरी नदीको पानीको उपयोग गरेर विद्युत् हबका रूपमा विकास गर्न सकिने आधार छन् । वर्तमान अवस्था गाउँ गाउँमा साना जलविद्युत् आयोजनाले उज्यालो त दिएकै छन्, तर पानीको क्षमता सामर्थअनुसार बिजुली उत्पादन नहुनु लगानीक खाँचो हो । नेपालका ३ हजार खोलानालाका झन्डै १५ प्रतिशत कर्णाली प्रदेशमा रहेको तथ्यांक छ ।


If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ५ पाठ १ Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads