Followers

Class 12 Social एकाइ ७ पाठ ५ Notes

Class 12 Social एकाइ ७  पाठ ५   Notes



एकाइ ७      

पाठ ५  


तलका प्रश्नको उत्तर दिनुहोस् : 

(क) तपाईंको आफ्नो धार्मिक पहिचान झल्कने संवाद वा लेख तयार पारी कक्षामा प्रस्तुत गर्नुहोस् । 

उत्तर : (राम र सीता एउटै कक्षामा पढ्ने, मिल्ने साथी हुन् । दिउँसो दुई बजे विद्यालयमा खाजा खाने घण्टी लागेपछि खाजा बोकेर यी दुई चउरमा घाममाको घाडमा बसेर खाजा खाँदै कुरा गर्न थाल्छन् ।) 

रामः सीता, तिमीलाई थाहा छ ? संसारको सबैभन्दा प्राचीन धर्म कुन हो ?
 
सीता: हरे राम ! तिमी पनि जावो यत्ति कुरा नि थाहा नभएर हुन्छ । आदिकालदेखि चलिआएको सबै मानव घटाउने, सबैको कल्याण गर्ने एक मात्र धर्म हिन्दु धर्म हो । 

राम: होत है । अनि सुनन (कपाल कन्याउँदै ... ) हिन्दु धर्मका प्रमुख ग्रन्थहरू के के हुन् ? 

सीता: सुन म भन्छु । (खाजामा ल्याएको रोटी हतार हतार चपाउँदै ....) (दुवै हातले कान समाएर.....) हिन्दु धर्मको प्रमुख ग्रन्थ गीता हो र यसको अन्य पवित्र ग्रन्थहरू पुराण, वेद हुन् । 

राम (नबुझेको भावमा) कान समाएको किन हो नि सीता ? सीता: हत्तेरी तिमीलाई यति त थाहा हुनुपर्ने हिन्दु संस्कार अनुसार ग्रन्थहरू पुज्ने काम जब आफू स्नान गरी निराहार बसेको अवस्थामा भइन्छ त्यति बेला गर्नुपर्छ र हामी हेर त यहाँ कस्तो अवस्थामा छौं ? यति बेला गन्थको नाम लिंदा पनि क्षमायाचना गरेर लिनुपर्छ । 

राम: आहा कस्तो राम्रो कुरा सुनायो तिमीले त मलाई त यत्ति पनि थाहा भएन छ्या (.....पछुताएको भावमा ....)

 सीता: अनि राम तिमी मन्दिर कत्तिको जान्छौ ?

राम: घरमा हजुरआमा हुनुहुन्छ, उहाँ मन्दिर दर्शन गर्न हरेक दिन जानुहुन्छ । मलाई त अल्छी लाग्छ खासै जाँदिन म त । सीता: ल हेर यस्तो गरेर पनि हुन्छ । तिमी आफैं हेर त तिम्रो हजुरआमा आफ्नो धर्म, संस्कृति बचाउन कति जागरुक हुनुहुन्छ । अब उहाँहरूको पुस्ता त केही समयपछि परलोक बसाइ सर्छ अनि यो पृथ्वीलोकमा हाम्रो धर्म, हाम्रा मठमन्दिर, हाम्रा ग्रन्थको सर्वद्धन कसले गर्छ, राम: हो त है। मबाट ठूलो भुल भएछ अब म पनि धर्मको संरक्षण गर्न हजुरआमासँगै सिक्छु 

सीता हिन्दू धर्म त धेरै विशाल छ है राम हेर त हामी घरमाम अतिथि आउँदा अतिथि देवो भवः भनेर पाहुनालाई ईश्वरको दर्जामा राख्छौं मातृहत्या, गुरुहत्या, गाईको हत्या, शिशुको हत्यालाई महापापको दर्जामा राखेर कठा निन्दा, कडा दण्ड दिन्छौं । अहिलेको संविधान हाम्रै ग्रन्थहरूको उपज हो । विश्वभरि रहेका मानव जातिलाई वशुधैव कुटुम्बकमको सूत्रबाट एउटै परिवारमा जोड्न हाम्रा ग्रन्थले मार्ग प्रष्ट पारेका छन् । अझ जीवन जिउन सहज होस् भनी चार खण्डमा विभाजित गरेका छन् ब्रह्मचर्याश्रम, गृहस्त्राश्रम, वनप्रस्थाश्रम, सन्यायसश्रम अहिले पश्चिमाहरूले हामीले विज्ञानमा चमत्कार गर्यो भन्छन् तर हिन्दु सभ्यताले आदिकालमा नै हरेक कुरालाई वैज्ञानिक तवरबाट व्याख्या गरेको छ। त्यसैले तिमी पनि यो १९ वर्षे जीवनमा अझै प्रेमिका बनाउँदै हिड्छी अब ? (हाँस्यमुद्रामा .....) 

राम: हाहा.....म त ब्रह्मचर्याश्रम नैरहेछु नि (हासोको मुद्रा भट्ट बली बोगम्य भावमा ...) हिन्दु धर्मको केही अंश मात्र मनन गर्ने सके जीवन धन्य हुनेरहेछ नि सीता हो त। (टिङटिङ....) घण्टीको आवाज आउछ म: ल सीता अब आजलाई यत्ति गरौं हुन्न र । सीता : अँ...... त्यसै गर्नुपर्ला बाँकी कुरा गर्दै राखौँला हिन्दु धर्मका विशेषता अनेक छन् तिनको व्याख्या गर्दा नै यो जीवन बित्न सक्छ । राम: हो त नि ।
सीता: ल जाऔँ अब । 

(टिफिनको भाँडा बन्द गरी दुवै कक्षातर्फ लाग्छन् ....) 

(ख) नेपालका विभिन्न धर्मका साझा कुराहरू पहिचान गरी सूची तयार पार्नुहोस् 

उत्तरः नेपालमा विभिन्न धर्मका साझा कुराहरू यसप्रकार छन् : 
-सबैको परोपकार गर्नुपर्छ भन्ने मान्यता राख्नु, 
- आफ्ना आफ्ना चाडपर्वहरू हुन् र त्यसअनुसार चाडपर्वहरू मनाउनु । 
-सबैको आ-आफ्नो आदर्श हुनु I


If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ७  पाठ ५  Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads