Followers

Class 12 Social एकाइ ३ पाठ ५ Notes

   

Class 12 Social एकाइ ३ पाठ ५  Notes




एकाइ ३  

पाठ ५   


तलका प्रश्नको अति छोटो उत्तर दिनुहोस् :

 

(आत्मबोध भनेको केहो?

 

उत्तरः आत्मबोध भन्नाले आफैमा ध्यान दिए आफ्ना विचारभावना तथा कार्यहरू आफ्ना आन्तरिक मूल्य मान्यताहरूसँगमिल्दा छन कि छैनन मूल्याङ्कन गर्नु भन्ने बुझिन्छ  आत्मबोध गर्नसक्ने व्यक्तिले अरूहरुले हेर्ने दृष्टिकोणबाट आफूलाईहेरेर आफ्ना विचारभावना  कार्यहरूको उचित मुल्याङ्कन गर्छ  त्यसका आधारमा आफ्ना संवेगहरूलाई नियन्त्रण गर्न तिनीहरूलाई आफ्ना मूल्यमान्यतासँग मिल्ने गरी समायोजन गर्न सक्छ 

 

(आत्मबोधको महत्व दुई बुँदामा लेख्नुहोस् 

 

उत्तरः आत्मबोध नभएको व्यक्ति कुनै पनि समुहसंस्था वा सङ्गठनको असल नेतृत्वकर्ता हुन सक्दैनन्  असल नेतृत्वकर्ताबन्नका लागि आत्मबोध गर्न आवश्यकता   आत्मबोधको महत्व निम्न अनुसार छन् 

 

·      आफूले के के राम्ररी गर्न सकिन्छ  के के सुधार गर्न आवश्यक

·      आफ्नो विचार  कार्यलाई आफ्नो आर्दशसँग मिलाएर खुसी जीवन जिउनु

·      आफ्ना संवेग पहिचान गर्नु तथा आफूलाई कम मन पर्ने कामहरू कम गरी तनाव कम गर्नु

 

 

(आत्ममूल्याङ्कन भन्नाले के बुझिन्छलेख्नुहोस् 

 

उत्तरः आफ्ना व्यक्तिगत कार्य  तिनको परिमाणलाई व्यवस्थित रुपले अवलोकन  विश्लेषण गरेर तिनलाई मूल्य दिनेप्रक्रिया नै आत्ममूल्याङ्कन हो  यो प्रायः औपचारिक रुपमा गरिने भएकाले लिखित रुपमा नै गर्ने चलन   यसलाईव्यक्तिगत तथा संस्थागत रूपले गर्न सकिन्छ  यसमा व्यक्तिलाई संस्थाको स्थापित लक्ष्य प्राप्तिमा उसको सफलतकार्यदक्षता  कार्यसम्पादनको स्तर निर्धारण गर्न लगाइन्छ आत्ममूल्याङ्कन व्यक्तिका लागि आफ्ना कमकमजोरी थाहापाउने तथा तिनलाई सुधार गर्ने महत्वपूर्ण अवसर हो  यसका लागि व्यक्तिमा आत्ममूल्याङ्कन गर्ने सपिस वा दक्षताहुनुपर्छ 

 

(आत्मबोधका तरिकाहरूबारे छोटकरीमा लेख्नुहोस् 

 

उत्तरः व्यक्तिले आफूमा आत्मबोध सिप विकास तथा अभ्यास गर्नाका लागि मुख्य रूपमा निम्न लिखित उपायहरूअपनाउन सकिन्छ  ध्यान गर्ने योगाभ्यास तथा ध्यान गर्ने गर्दा मानिसले आफैले मूल्याङ्कन गर्ने मौका पाउँछ। ध्यानकोसमयमा मेरो लक्ष्य के हो ? के मेरा क्रियाकलाप मेरो लक्ष्य प्राप्तिमा सहयोगी छन्  जस्ता प्रश्नहरूमा आफ्नोमस्तिष्कलाई केन्द्रित गर्नुपर्छ  दैनिक रुपमा केही समय ध्यान गर्ने वा एकान्तमा बस्ने गर्दा आत्मबोध गर्न सजिलो हुन्छ 

 

लेख्ने: आफ्ना मुख्य मुख्य योजनाहरू  प्राथमिकताहरू एउटा डायरीमा लेख्ने तथा समय समयमा त्यसलाई समीक्षा गर्नेगर्नाले आफ्ना सरल पक्ष  कमजोरी पक्ष पत्ता लगाउन सकिन्छ  त्यस्तै डायरीमा लेख्ने गर्दा आफ्ना योजनाबारे आफैसचेत हुन सकिन्छ 

 

मनोमापन परीक्षण गर्ने: आफ्नो आत्मबोधको स्तर नाप्नकालागि सङ्ख्यात्मक तर्फ  शाब्दिक तर्क जस्ता मनोमापनपरीक्षण गराउँदा आफ्नो आत्मबोधको स्तर पत्ता लगाई सुधार गर्ने मौका पाइन्छ 

विश्वासिलो साथीहरूलाई सोध्ने: आफ्ना सबै कमीकमजोरीहरू आफैले पता लगाउन गाह्रो हुन्छ  यस्तो अवस्थामाआफ्ना विश्वासिलो साथीहरू तथा आफूभन्दा वरिष्ट व्यक्तिबाट पृष्ठपोषण लिनुपर्छ 

 

(आत्ममूल्याङ्कनको महत्व कुनै पाँच बुँदामा लेख्नुहोस् 

 

उत्तरः आत्ममुल्याङ्कन गर्नाले व्यक्ति तथा संस्था दुवैलाई फाइदा हुन्छ। यसले व्यक्तिका कमीकमजोरी पत्ता लगाईतिनलाई सुधार गर्ने भएकाले व्यक्तिको कार्यसम्पादन वृद्धि हुन्छ  यसले संस्थाको लक्ष्य प्राप्तिमा बल पुग्दछ आत्ममूल्याङ्कनका महत्वहरू निम्न अनुसार रेहका छन् 

 

·      व्यक्तिलाई आफूलाई मूल्याङ्कन गर्ने व्यक्ति आफै भएको अनुभूति गराउन

·      आफ्नो अनुगमन आफै गर्ने भएकाले उच्च मनोबलका साथ कार्य गराउन

·      व्यक्तिको कार्यदक्षतामा सुधार गर्ने

·      संस्थाका कर्मचारी विच एकआपसबाट सिक्न बानीको विकास गर्न

·      सामूहिक कार्यप्रति उत्प्रेरणा जगाउन

·      कामदार / कर्मचारी आफैले नयाँ विधि तथा प्रविधिको खोजी प्रयोग गर्न

 

(आत्ममूल्याङ्कनले व्यक्तित्व विकासमा कसरी सहयोग पुयाउँछ ?

 

उत्तरः आत्ममूल्याङ्कनले व्यक्तित्व विकासमा निम्न तरिकाबाट

सहयोग पुयाउँछ 

 

·      आफ्नो अनुगमन आफै गर्ने भएकाले उच्च मनोबलका साथ कार्य गराउन सहयोग पुयाउछ जसले गर्दा व्यक्तित्वविकासमा सहयोग पुऱ्याउँछ 

 

 

·      संस्थाका कर्मचारीविच एक आपसबाट सिक्ने बानीको विकास गर्न सहयोग पुऱ्याउँछ जसले गर्दा पनि व्यक्तित्वविकासमा सहयोग पुग्छ 

·      आफैले नयाँ विधि तथा प्रविधिको खोजी गर्छ जसले गर्दा व्यक्तित्व विकासमा सहयोग पुयाउँछ 

·      आफ्ना कमीकमजोरीहरूप्रति कठोर भएर सत्य पत्ता लगाउन आत्ममूल्याङ्कनले सहयोग पुयाउँछ 



If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ३  पाठ ५   Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads