Followers

Class 12 Social एकाइ ६ पाठ २ Notes

      

Class 12 Social एकाइ ६ पाठ २   Notes




एकाइ ६     

पाठ २   


१. तलका प्रश्नको उत्तर दिनुहोस् :

(क) लिच्छविकाललाई किन स्वर्ण युग मानिन्छ ?

उत्तर: नेपालको इतिहासमा लिच्छवी वंशको शासनकाललाई निकै महत्वपूर्ण मानिछ वंशावली एवम्पु राणहरूमा सूर्यवंशी क्षत्रियहरूले किरातहरू जितेर नयाँ शासन व्यवस्था कायम गरेको उल्लेख पाइन्छ । नेपाल जानुभन्दा अघि लिच्छवि भारतको विहारमा पर्ने मुजुक फरपुर नगरको वैशालीमा स्वतन्त्र गणतन्त्रात्मक शासन प्रणाली अनुसार शासन चलाउने गर्थे । त्यस भागमा राजतन्त्रात्मक शासन प्रणाली सुदृढ हुँदै गएको र राजा अजात शत्रश्चाट पराजित भई इसाको प्रथा शताब्दीतिर शरणार्थीका रुपमा लिच्छविहरू नेपाल प्रवेश गरेका थिए। नेपालमा तत्कालीन शासक वर्गप्रति जनताको तीव्र असन्तोष व्याप्त भएको बेलामा जनभावनाको अनुकूल लिच्छविले जनसङ्घर्षको नेतृत्व गरेका थिए । किरातहरू युद्धमा हारे पूर्वी भेगमा विस्थापित हुन बाध्य भए भने केन्द्रमा लिच्छविको राज्यसत्ता कायम हुन पुग्यो लिच्छवि शासनकालमा जनहितलाई बढी स्थान दिने प्रचलन थियो । सङ्गठित जनजीवन, उन्नत आर्थिक अवस्था, शिक्षाको स्तर राम्रो हुनु, आकर्षक कलाकृतिको निर्माण हुनु र लिखित अभिलेखहरू भेटिएका कारण लिच्छविकाललाई नेपालको इतिहासमा स्वर्ण युग पनि मानिएको छ ।

(ख) लिच्छविकालीन आर्थिक अवस्थाको चर्चा गर्दै हालकापुस्ताले त्यसबाट के के कुरा सिक्नु पर्दछ ? उल्लेख गर्नुहोस्।

उत्तरः लिच्छवि कालीन आर्थिक अवस्था कृषिमा आधारित थियो । जग्गाको नापो बुझाउन भुमि शब्द र अन्नको नापी बुझाउन मानिसको शब्दको प्रयोग गरिएको पाइन्छ । एक भूमि बराबर दुई एकड जमिन र एक मानिका बराबर एकमुरी जति अन्न हुन आउँछ । कृषिका लागि राजकुलोको व्यवस्था गरिएको हुन्थ्यो कृषिमा लगाइने करलाई भाग
भनिन्थ्यो ।

लिच्छवि कालमा पशुपालन व्यवसाय पनि कृषिसँग गरिन्थ्यो काभ्रे जिल्लाको खोपासीमा लिच्छविकालमा कपडा उत्पादन गरिन्थ्यो । कपडालाई संस्कृतमा खुर्पासी भनिन्थ्यो । त्यसैले कपडा उत्पादन हुने ठाउँको नाम पनि
खुर्पासी ग्राम रहन गयो ।

लिच्छविकालमा उद्योग र व्यापारमा निकै उन्नति भएको थियो । नेपालमा काष्ठ उद्योग, माटा र धातुका उद्योग, ढुङ्गा
सम्बन्धी उद्योग, रङसम्बन्धी उद्योग, सङसम्बन्धी उद्योग, उनी कपडा उद्योग, हातहतियारका उद्योग र तेल उद्योगहरू फस्टाएका थिए । भारता नेपाली तामाको अत्यधिक माग थियो । नेपालले फलाम, कस्तुरी, तामा र चमर निर्यात गर्ने गरेको कुरा अभिलेखमा उल्लेख गरेको पाइन्छ । भारतका मौर्य वंशका सम्राट चन्द्र गुप्तका गुरु कौटिमय थिए । उनको अर्थशास्त्रमा आठ पाठे काली मृगौसी (राडी) र वर्षाको पानी छेक्ने अपसरक नेपालमा बन्छ, त्यस्तो कम्बलको पाटलीपुत्रको बजारमा निकै माग छ भनी लेखेका छन् । तिब्बततर्फ खाद्यान्न, उनी कपडा, खुरर्खानी, धातुका कलात्मक वस्तु निर्यात हुन्थ्यो ।

लिच्छवि कालमा कर व्यवस्था पनि निकै सुदृढ थियो कृषिमा लगाइने करलाई भाग, पशुपालनमा लगाइने करलाई भोग भनिन्थ्यो र वाणिज्य तथा व्यापारमा लगाइने करलाई कर भनिन्थ्यो । भाग, भोग र करलाई संयुक्तरूपमा त्रिकट भनिन्थ्यो । कपड़ा उत्पादनमा लगाइने करलाई चैल कर भनिन्थ्यो ।

हालका पुस्ताको लिच्छविकालीनको आर्थिक अवस्थाबाट सिक्नुपर्ने कुराहरू :

१. नेपाल कृषि प्रधान देश भएकाले कृषिलाई आधुनिकि करण र व्यवस्थित गर्नु पर्छ ।

२. व्यापार व्यावसाय, उद्योग धन्दा कलकारखानाहरूलाई व्यवस्थित गरि नेपालको अर्थतन्त्रलाई उचोमा पुयाउनु पर्छ।

३. नेपालमा उत्पादन भएका चिजलाई बाहिर निर्यात गरि आर्थिक प्रायहरूलाई व्यवस्थित बनाउनुपर्छ ।

४. स्वदेश मै रोजगारी मुलक व्यवसाय वाणिज्य व्यापार सबैलाई व्यवस्थित गर्नु पर्छ । बजारमा लगाइने करलाई पनि व्यवस्थित गर्न जरुरी छ ।

(ग) लिच्छविकालीन राजाहरू र तिनका कार्यहरू झल्कने तालिका तयार पारी कक्षामा प्रदर्शन गर्नुहोस् ।

उत्तरःलिच्छविकालीन राजाहरू र तिनका कार्यहरू :

राजाको नाम : धर्मदेव
महत्त्वपूर्ण कार्य : मानदेवका पिता, पशुपतिमा ठूलो वृषध्वज चढाएको।

राजाको नाम : मानदेव
महत्त्वपूर्ण कार्य : चाँगु नारायण गरुड स्तम्भ राखी शिलालेख स्थापना, विक्रान्तको सुन्दर मूर्ति निर्माण, पूर्व र पश्चिममा सामन्तलाई नियन्त्रण गरी विशाल नेपाल राज्य कायम गरेका, मान विहारको निर्माण, मानाङ्क नामक धातु मुद्राको प्रचलन, मानगृह नामक राजदरबारको निर्माण।

राजाको नाम : वसन्तदेव
महत्त्वपूर्ण कार्य : जनताको भलो चाहने राजाकारुपमा परिचित राजा, उनले दूतक, सर्वदण्डनायक र महाप्रतिहार
जस्ता प्रशासकीय पदको सिर्जना गरेका, टिस्टुङको शिलालेखमा सबभन्दा पहिले नेपाल शब्दको प्रयोग गरेका, देव र गुप्तको द्वैध शासनको सुरुवात भएको ।

राजाको नाम : विष्णु गुप्त
महत्त्वपूर्ण कार्य : बुढानिलकण्ठको मूर्ति र नारायण हिटीको नारयणको मूर्ति स्थापना, लिच्छवि र राजा भिमार्जुनदेवसँगैका द्वैधशासन व्यवस्थाका अर्का शासकका रुपमा शासनमा संलग्नता ।


If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-


Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ६ पाठ २  Notes

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

ads